३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ २३ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ २३ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । अतिथिका रुपमा स्वागतसत्कार समेत प्राप्त हुनसक्ला ।

वृष

शत्रुपक्षको पराजय होला । वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्ति हुनसक्ला । घरमा नवीन रौनकता छाउला ।

मिथुन

मनमा अशान्तिले डेरा जमाउला । यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्ला । कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ ।

कर्कट

स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना होला । स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ला । हरकार्यमा विघ्नबाधाको सामाना गर्नुपर्ला ।

सिंह

आरोग्यतामा थप वृद्धि आउला । गरेका कार्यको उचित प्रतिफल मिल्ला । आर्थिक कारोबारमा फाइदा होला ।

कन्या

मन असन्तोषरुपि आगोमा प्रज्वलित होला । आर्थिक शंकटको सामना गर्नुपर्ला । आँखामा कष्ट वा समस्या देखापर्ला ।

तुला

सामाजिक मानसम्मान आदरसत्कार प्राप्त होला । कुनै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ला । नयाँ कार्यक्षेत्रको लगानी शुभफलदायक होला ।

वृश्चिक

विश्वासपात्रबाटै घातप्रतिघात हुनसक्ला । अनावश्यक ठाउँमा धननाश भएर जाला । आत्मविश्वासमा केही कमी आउनसक्छ ।

धनु

भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्ला । अनायासै आर्थिक लाभ होला । मनमा उत्साह तथा जाँगर बढ्ला ।

मकर

स्वास्थ्य स्थिति प्राय अनुकूल रहला । कुनै नयाँ कामको प्रस्ताव आउनसक्छ । नियमितभन्दा बाह्य कामबाट फाइदा होला ।

कुम्भ

आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बन्ला । व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्ला । पूर्व सम्झौता तोडिन सक्ला ।

मीन

अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिएर समय बित्ला । अचानक स्वास्थ्यमा प्रतिकूलता देखिनसक्छ । एउटै काम पनि पटकपटक गर्नुपर्ने झमेला होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !