३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ २१ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ २१ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

दीर्घकालीन फाइदा दिने कुनै कार्यको प्रारम्भ होला । परिश्रमको यथोचित प्रतिफल प्राप्त होला । शत्रु तत्त्वको क्रमशः पराजय हुँदै जाला ।

वृष

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्य प्रारम्भका लागि भने केही समय प्रतीक्षा गर्नु श्रेयस्कर होला । आफन्तको सहयोग प्राप्त होला ।

मिथुन

परिस्थिति प्रतिकूल बन्दै जाला । अप्ठ्यारोमा साथ दिनेहरुको अभाव महसुस होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।

कर्कट

उद्योग व्यवसायमा राम्रो फाइदा होला । समाजसेवाको भावना पैदा होला । चित्त हर्षित तथा प्रसन्न रहला ।

सिंह

बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्याम फसिन सकिएला । लेनदेनको विषयमा होसियारी अपनाउनुपर्ला । मनमा उदासिनता छाउन सक्छ ।

कन्या

कुनै रचनात्मक कार्यको शुभारम्भ होला । लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्न सक्ला । ज्ञान आर्जनका नयाँ मार्गहरु भेटिन सक्लान् ।

तुला

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउला । आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुनसक्छ । सामाजिक स्थानमा समेत खलबल आउनसक्न सम्भावना उच्च देखिन्छ ।

वृश्चिक

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ला । कुनै शुभ समाचार सुन्न पाइएला । कुनै महत्वपूर्ण निर्णयमा पुगिएला ।

धनु

पूर्व कार्य सफलताले मनमा हौसला, प्रेरणा बढ्लम । नयाँ कार्यको प्रस्ताव आउन सक्ला । स्वास्थ्य स्थिति अनुकूल रहला ।

मकर

आशा देखाउने वा आश्वासन बाँड्नेबाट काम नबन्ला । पूर्व सम्झौता तोडिने उच्च सम्भावना रहला । व्यवसायमा असन्तुलनता देखिएला ।

कुम्भ

अन्तिम चरणमा पुगेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने हुनसक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । अनायासै स्वास्थ्यमा केही समस्या देखिनसक्ला ।

मीन

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुनसक्छ । मनमा शान्ति मुहारमा कान्ति छाउला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !