३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १९ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १९ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइएला । घरमा नवीन रौनकता छाउला । यत्रतत्र यश कीर्ति फैलिएला ।

वृष

स्वजनबाट आशातीत साथ सहयोग प्राप्त होला । चिठ्ठा, शेयर जस्ता क्षेत्रमा गरेको लगानीले भने निराश बनाउला । घरबाहिरको बसाइँ कष्टकर होला ।

मिथुन

वैचारिक मनमुटावको दलदलमा फसिएला । स्वाधिकार प्राप्तिका लागि समेत कडा कसरत गर्नुपर्ला । परिस्थिति आफ्नो विपक्षमा रहला ।

कर्कट

धार्मिक कार्यमा रूचि बढ्ला । सामाजिक कार्यमा सफलता प्राप्त होला । उद्योगधन्दाबाट अपेक्षित प्रतिफल प्राप्त होला ।

सिंह

स्रोता समाजमा वाणीको उच्च प्रभाव पर्ला । सत्कर्मको यत्रतत्र चर्चा परिचर्चा चल्न सक्छ । मान सम्मान समेत प्राप्त होला ।

कन्या

अध्ययन, अनुसन्धानमा मन जाला । बौद्धिक सभा, गोष्ठी, सम्मेलनमा सहभागी हुने मौका मिल्ला । नयाँ ज्ञान सीप आर्जन होला ।

तुला

लगनशीलतामा केही कमी आउन सक्छ । केही हीनताबोध वा उदासीनता महसुस होला । खर्चका अनपेक्षित बाटाहरु आउन सक्छन् ।

वृश्चिक

उपयुक्त समयमा उचित निर्णय लिन सफल भइएला । नाम र इनाम प्राप्त हुने उच्च सम्भावना रहला । आर्थिक पाटो सुदृढ होला ।

धनु

विपरीत लिङ्गी साथीबाट साथ सहयोग प्राप्त होला । वैदेशिक कार्यक्षेत्रबाट फाइदा होला । स्वास्थ्यले साथ देला ।

मकर

थाती रहेको कार्यहरु पुन: सुचारू होलान् । नयाँ कार्यक्षेत्रका लागि नवीन योजना तय हुन सक्ला । सामाजिक उत्तरदायित्व बढ्ला ।

कुम्भ

शारीरिक तथा मानसिक स्फूर्तिमा कमी आउला । पूरा हुनै लागेको काम अन्तिममा पुगेर बिग्रिने सक्छ । स्वास्थ्यमा केही समस्या देखिएला ।

मीन

कला साहित्यका कार्यमा चासो तथा रूचि बढ्ला । अपेक्षित व्यक्ति वा स्थानबाट राम्रो साथ सहयोग प्राप्त होला । मनोरञ्जनात्मक कार्यमा समय बित्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !