३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १७ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १७ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

भ्रमणको क्रममा अनेकन बाधा कठिनाइको सामान गर्नुपर्ला । कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ । मनमा अशान्तिको कालो बादल मडारिएला ।

वृष

स्वजनसँगै वैचारिक मनमुटावको स्थिति आउला । स्वास्थ्यस्थिति प्रतिकूल रहला । मन प्राय: अस्थिर रहला ।

मिथुन

आरोग्यतामा वृद्धि आउला । मनमा प्रसन्नताको बहार छाउला । आर्थिक कारोबारमा फाइदा हुन सक्ला ।

कर्कट

असन्तोषरुपि अनलज्वालामा मन जल्ला । आर्थिक संकटको सामाना गर्नुपर्ला । आँखामा कष्ट वा कुनै समस्या देखिएला ।

सिंह

सामाजिक मानसम्मानमा वृद्धि आउला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल भित्र्याउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला ।

कन्या

विश्वासपात्रबाटै घातप्रतिघात हुने उच्च सम्भावना रहला । खर्चका बाटाहरु बढेर जालान् । मान प्रतिष्ठामा पनि केही आँच आउन सक्ला ।

तुला

आफन्त प्रियजनसँग भेटघाटको मौका जुर्ला । मनमा हर्ष छाउने कुनै शुभ समाचार सुन्न पाइएला । अर्थ, वस्त्र लाभको समेत अवसर जुट्न सक्ला ।

वृश्चिक

स्वास्थ्यले प्राय: अनुकूल रहला । सोचेका कार्यलाई साकार रुप दिन भने कठिनाइ उत्पन्न होला । विपरीतलिङ्गी साथीको साथ सहयोग पाइएला ।

धनु

आशा गरेकै ठाउँबाट निराश बन्नुपर्ला । व्यापार व्यवसायमा प्रतिकूलताको सामना गर्नुपर्ला । घरपरिवार वा आफन्तजनसँगै वैचारिक दुरी बढ्न सक्ला ।

मकर

अनायास स्वास्थ्य स्थितिमा समस्या देखिन सक्छ । मानसिक तथा शारीरिक आलस्यता बढ्ला । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।

कुम्भ

थालेका कार्य सफलताको उचित गतिमा अगाडि बढ्लान् । मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । कला साहित्यमा रुचि बढ्ला ।

मीन

प्रतिस्पर्धामा उत्कृष्टताको प्रदर्शन गर्न सफल भइएला । यत्रतत्र यश, ख्याति फैलिएला । घरमा तथा मनमा नवीन रौनकता छाउला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !