३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १६ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १६ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

परिस्थिति प्रतिकूल बन्दै जान सक्छ ।अप्ठ्यारोमा साथ दिने आफन्तहरु टाढिदै जालान् । परिश्रमको उचित मूल्याङ्कन नहोला ।

वृष

उद्योग व्यवसायमा फाइदा होला ।गरेका कार्यले उचित प्रतिफल देलान् । सामाजिक कार्यमा सफलता मिल्ला ।

मिथुन

अरुको बारेमा अनावश्यक चासो राख्दा आफै समस्यामा परिन सक्छ ।आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ला । बोलीको प्रभाव भने बढ्न सक्ला ।

कर्कट

रचनात्मक कार्यको प्रारम्भ होला ।लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ला । नयाँ ज्ञान सीप सिक्ने मौका मिल्ला ।

सिंह

आर्थिक लाभ नहुने कामको पनि जिम्मेवारी लिनुपर्ने होला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनसक्छ । लगनशीलतामा पनि केही कमी आउला ।

कन्या

आम्दानी बढेसँगै मनमा उत्साह जाग्ला । उचित समयमा उचित निर्णय लिन सकिएला । इष्टमित्रसँग मिलन तथा भलाकुसारी होला ।

तुला

नयाँ कार्यका लागि उचित प्रस्ताव आउन सक्छ । पहिलेको सफलताले मनमा हौसला बढ्ला । विपरीलिङ्गी साथीसङ्गीबाट राम्रो सहयोग पाइएला।

वृश्चिक

आश्वासन बाँड्नेहरुले नै झुक्याउन सक्लान् । पहिलेका सम्झौताहरु भङ्ग हुने परिस्थिति बन्ला । वादविवादबाट टाढै रहनु उचित होला ।

धनु

थालेका कार्यलाई पुनः दोहोर्‍याए गर्नुपर्ने हुन सक्छ । न्यून उपलब्धिमा पनि चित्त बुझाउनुपर्ला । स्वास्थ्य अवस्थाको विशेष ख्याल गर्नुपर्ला ।

मकर

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । कला साहित्य गीत संगीतमा रुचि बढ्ला ।

कुम्भ

दीर्घकालीन फाइदाको कार्य प्रारम्भ होला । परिश्रमको अनुपातमा उचित प्रतिफल प्राप्त हुने । शत्रुपक्षको हार होला ।

मीन

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्ययोजना लागू गर्न भने प्रतीक्षारत रहनु नै उचित होला । मनमा अशान्तिको कालो बादल मडारिएला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यस सम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !