३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १५ गते शनिबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १५ गते शनिबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आफन्तजनसँगै वैचारिक मनमुटावको परिस्थिति बन्ला । कार्य सम्पादनका क्रममाअनेकन विघ्नबाधाको सामना गर्नुपर्ला । इच्छित खानाको उपभोगमा समेत असहजता उत्पन्न होला ।

वृष

आरोग्यतामा वृद्धि आउनाले शरीर फुर्तिलो होला । मनमा प्रसन्नताको नवीन बहार छाउला । आर्थिक कारोबारका लागि समय अनुकूल बन्ला ।

मिथुन

मानसिक असन्तोषरुपि अनल ज्वालामा चित्त प्रज्वलित होला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आँखामा समस्या उत्पन्न होला ।

कर्कट

सामाजिक मान सम्मानमा वृद्धि आउला । नयाँ कार्यक्षेत्रमा लगानी गर्नका लागि अनुकूल होला । पारिवारिक साथ सहयोग अपेक्षाकृत् रुपमा प्राप्त होला ।

सिंह

स्वजनबाटै प्रतिपक्षी भूमिका खेलिन सक्ला । अनावश्यक ठाउँमा धननाश भएर जाला । सामाजिक स्तरमा समेत खलबल आउन सक्छ ।

कन्या

प्रियजन आफन्तसँग रमाइलो भेटघाटमा समय व्यतीत होला । कुनै शुभ समाचार सुन्न पाइएला । अनायासै अर्थ, वस्त्र लाभ होला ।

तुला

स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहला । सोचेका कार्यलाई भने साकार रुप दिन कठिनाइ होला । पूर्व सफलताले आत्मबल भने बलियो रहला ।

वृश्चिक

आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ला । व्यापार व्यवसायमा असन्तुलनता देखापर्ला । घरपरिवारसँग नै वैचारिक दुरी बढ्ला ।

धनु

अनायासै स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तन देखापर्न सक्ला । शारीरिक आलस्यता बढ्न सक्छ । अन्तिम अवस्थामा पुगेर पनि कार्य सफल हुन कठिनाइ उत्पन्न होला ।

मकर

मनमा शान्ति तथा मुहारमा कान्ति छाउला । थालेका कार्य सफलताको मार्गमा अगाडि बढ्लान् । राज्य पक्षबाट राम्रो साथ सहयोग प्राप्त होला ।

कुम्भ

प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । यत्रतत्र यश कीर्ति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

मीन

घरबाहिरको बसाइँ वा यात्राको क्रममा विविध अप्ठ्याराको सामना गर्नुपर्ला । मनमा अशान्ति छाउने कुनै समाचार सुन्नुपर्ने हुन सक्छ । आफन्तको साथ भने प्राप्त होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यससम्वन्धी थप भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !