३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १४ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १४ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

उद्योग व्यवसायबाट अपेक्षित फाइदा होला । मन प्राय: हर्षित नै रहला । गरेका कार्यको उचित प्रतिफल प्राप्त हुने ।

वृष

अरुको विषयमा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिन सकिएला । नेत्र पीडा हुनसक्छ । मन असन्तोषी भावले ग्रसित होला ।

मिथुन

लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ला । कुनै रचनात्मक कार्यको प्रारम्भ होला । काम गर्ने जोस जाँगर बढ्ला ।

कर्कट

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति सिर्जना होला । आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ला । अनावश्यक खर्च होला ।

सिंह

आम्दानी बढेसँगै मनमा उत्साह थपिएला । कुनै शुभ समाचारक‍ो आगमन होला । उचित निर्णयले गन्तव्यमा पुगिएला ।

कन्या

नयाँ कामको प्रस्ताव आउन सक्छ । पहिलेको सफलताले हौसला थपिएला । स्वास्थ्यले राम्रो साथ देला ।

तुला

आशा र आश्वासन बाँड्नेले नै झुक्याउन सक्लान् । पहिलेका सम्झौता तोडिने परिस्थिति निर्माण हुनसक्छ । सामाजिक दायित्व बढ्ला ।

वृश्चिक

गरिसकेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने हुनसक्छ । न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ला । अल्छीपनले काम बिग्रलान् ।

धनु

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुन सक्छ । थालनी भएका काम उचित गतिमा अघि बढ्लान् ।

मकर

दीर्घकालीन रुपमा फाइदा दिने कामको सुरुवात होला । यत्रतत्र यश ख्याति फैलिएला । घरमा नवीन रौनकता बढ्ला ।

कुम्भ

बौद्धिक क्षेत्र फराकिलो होला । नयाँ कार्य प्रारम्भका लागि भने केही समय धैर्य गर्नु नै श्रेयस्कर होला । यात्रामा विशेष सतर्कता अपनाउनुपर्ला ।

मीन

अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव महसुस हुन सक्छ । परिश्रम खेर जाने जाला । परिस्थिति प्रतिकूल बन्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !