३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १३ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १३ गते बिहीबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कुनै धार्मिकस्थलको उपलब्धिमूलक भ्रमण होला । सामाजिक कार्यमा जस पाइएला । पराक्रममा थप वृद्धि आउला ।

वृष

बोली वचनको चौतर्फी उच्च प्रभाव पर्ला । शुभ कर्मको यत्रतत्र चर्चा चल्ला । आर्थिक कारोबारका लागि भने समय प्रतिकूल रहला ।

मिथुन

कुनै सभा समारोहमा सरिक भइएला । नयाँ ज्ञान सीप आर्जन गर्ने अवसर मिल्ला । व्यक्तित्वमा थप निखार आउला ।

कर्कट

आत्मविश्वास तथा लगनशीलतामा केही कमी आउला । हीनताबोध महसुस होला । अर्थहीन यात्रामा समय खर्च होला ।

सिंह

कुनै महत्त्वपूर्ण निर्णय लिन संलग्न भइएला । अनायासै उपहार लाभको मौका जुर्न सक्छ । चित्त प्रफुल्लित होला ।

कन्या

गरिरहेकोभन्दा बाहिरी कामबाट बढी मुनाफा होला । नियमित कार्यमा भने असहजता देखिन सक्ला । साथीभाइ इष्टमित्रबाट राम्रो साथ पाइएला ।

तुला

कुनै नयाँ कार्ययोजना तय हुन सक्छ । लामो समयदेखि रोकिएका कार्य पुनः सुचारू होलान् । विवादबाट भने टाढै रहेको श्रेयस्कर होला ।

वृश्चिक

मानसिक दिक्दारी तथा शारीरिक आलस्यता बढ्ला । अन्तिम अवस्थामा पुगेका काम समेत बिग्रिन सक्लान् । स्वास्थ्यस्थिति पनि अनुकूल नरहला ।

धनु

आशा गरेको व्यक्ति स्थानबाट सकारात्मक प्रतिक्रिया पाइएला । साहित्य कला खेलकुद जस्ता क्रियाकलापमा मन जाला । मन प्राय: प्रसन्न रहला ।

मकर

आत्मसन्तुष्टि हुने कार्य सम्पन्न गरिएला । खास व्यक्तिलाई घरमा अतिथिका रुपमा स्वागत गर्न पाइएला । शत्रु पक्षको हार होला ।

कुम्भ

स्वजनबाट राम्रो साथ सहयोग हौसला पाइएला । दैनिक मूल्य परिवर्तन भइरहने वस्तुको कारोबारमा भने नोक्सानी हुनसक्छ । कतै कुनै अनपेक्षित समाचार सुनिएला ।

मीन

वादविवादबाट टाढा नै रहेको उचित होला । आफ्नो हक अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ला । मनलाई एकाग्र बनाउन कठिन होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !