३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ ११ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ ११ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

बोलीको ओजस्वी सकारात्मक प्रभाव बढ्ला । यत्रतत्र शुभ कर्मको चर्चा चल्ला । लेनदेनको विषयमा भने विशेष सतर्क रहनु नै उचित होला ।

वृष

कुनै उपयोगी सभा, समारोहमा सरिक हुने मौका मिल्ला । नयाँ ज्ञानार्जनका अवसर प्राप्त होलान् । कुनै रचनात्मक कार्यको समेत प्रारम्भ हुन सक्ला ।

मिथुन

सामाजिक स्थानमा खलबल आउन सक्ने उच्च सम्भावना रहला । आत्मबलमा कमी तथा हीनताबोध होला । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्ला ।

कर्कट

उचित समयमा उपयुक्त निर्णय लिन सकिएला । आर्थिक लाभ वा उपहार प्राप्त होला । मनमा उत्साह र उमङ्ग जाग्ला ।

सिंह

आम्दानीका नयाँ बाटाहरु भेटिएलान् । कुनै नयाँ कामको प्रस्ताव आउन सक्ला । पूर्व कार्य सफलताले उत्प्रेरित भइएला ।

कन्या

विगत लामो समयदेखि रोकिएका कार्य पुनः सुचारू होलान् । आश्वासन बाँड्नेहरुले भने झुक्याउन सक्लान् । सामाजिक उत्तरदायित्व बढ्ला ।

तुला

मानसिक तथा शारीरिक आलस्यता बढ्न सक्ला । अन्तिममा पुगेर काम बिग्रिने सम्भावना उच्च रहला । वैचारिक मनमुटावबाट टाढै रहनु उचित होला ।

वृश्चिक

कला साहित्य वा सङ्गीतमा रुचि बढ्ला । आशा गरेको ठाउँ वा व्यक्तिबाट राम्रो प्रतिक्रिया पाइएला । घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला ।

धनु

आफूले गरेको कार्यबाट आत्मसन्तुष्टि महसुस होला । कोही विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइएला । दिगो फाइदा हुने कार्य प्रारम्भ होला ।

मकर

दैनिक मूल्य परिवर्तन भइरहने वस्तुमा गरेको लगानीले फाइदा नदेला । नजिकैका आफन्तबाट भने साथ हौसला प्राप्त होला । कार्यानुभवले बौद्धिक क्षेत्र फराकिलो बन्ला ।

कुम्भ

वैचारिक मनमुटावले गहिरो रुप लिन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ला । मिहिनेतको उचित मूल्याङ्कन नहोला ।

मीन

धार्मिक कार्यहरुमा मन जाला । गरेका कार्यहरुको यथोचित प्रतिफल प्राप्त होला । व्यापार व्यवसायको लगानीका लागि अनुकूल समय रहला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !

यससम्वन्धी भिडियो पनि हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !