३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ १० गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ १० गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

मनमा असन्तोषरुपी अग्नि सल्किएला । आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ला । अनावश्यक विषयमा नचाहिदो चासो राख्दा आफै समस्यामा फसिएला ।

वृष

सामाजिक मान सम्मानमा नयाँ आयाम थपिएला । नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउला । घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त होला ।

मिथुन

आफन्तजनबाटै प्रतिपक्षीको भूमिका खेलिन सक्ला । अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्लान् । आर्थिक फाइदाबिहीन कामको समेत जिम्मेवारी बहन गर्नुपर्ला ।

कर्कट

कुनै शुभ समाचारको आगमनले मन प्रसन्न होला । साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्ला । आम्दानी बढ्नाले मनमा उत्साह पनि जाग्ला ।

सिंह

स्वास्थ्य स्थिति प्राय अनुकूल रहला । आँटे ताकेका कार्यलाई भने साकार रुप दिन कठिनाइ होला । विपरीत लिङ्गी साथीको भने सहयोग मिल्ला ।

कन्या

आशा गरेको व्यक्ति तथा स्थानबाट अपेक्षाकृत सहयोग प्राप्त नहोला । व्यापार व्यवसायमा पनि नोक्सानी बेहोर्नुपर्ला । वादविवादजन्य विषयबाट टाढै रहेको श्रेयस्कर होला ।

तुला

अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ला । न्यून उपलब्धिमै पनि मन बुझाउनुपर्ला । एउटै कामलाई पनि पटकपटक गर्नुपर्ने हुनसक्ला ।

वृश्चिक

थालेका कार्यले सफलताको मार्ग पक्रिएलान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । राज्यपक्षबाट पनि साथ सहयोग प्राप्त होला ।

धनु

शत्रु पक्षको लज्जास्पद हार होला । यत्रतत्र ख्याति फैलिएला । घरमा नवीन चहलपहल छाउला ।

मकर

यात्रामा अनेकन विध्नबाधा सहनुपर्ला । मनमा अशान्तिको कालो बादल मडारिएला । कुनै अनपेक्षित खबर समेत सुन्नुपर्ला ।

कुम्भ

मन प्राय: अस्थिर रहला । स्वजनसँगै वैचारिक मनमुटावको स्थिति सिर्जना होला । प्रतिकूल स्वास्थ्यस्थितिको समेत सामाना गर्नुपर्ला ।

मीन

आरोग्यतामा थप वृद्धि आउला । मनमा प्रसन्नताको नवीन बहार छाउला । आर्थिक कारोबारमा लाभ होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !