३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ ९ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ ९ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला । सामाजिक मान सम्मानमा थप वृद्धि आउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला ।

वृष

विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्ला । नसोचेका ठाउँमा अनावश्यक धननाश होला । लगनशीलतामा कमी आउला ।

मिथुन

प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ला । अनायासै अर्थ, जमिन वा उपहार लाभ होला । मनमा जाँगर र उत्साह जाग्ला ।

कर्कट

स्वास्थ्य स्थिति प्राय अनुकूल रहला । थालेका कार्यलाई साकार रुप दिन भने कठिनाइ होला । नियमितभन्दा फरक वा वैदेशिक कार्यमा भने केही फाइदा होला ।

सिंह

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ला । आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ला । घरपरिवार वा स्वजनसँगै वैचारिक मनमुटाव हुनसक्ला ।

कन्या

कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्ला । अन्तिममा पुगेका कार्य पुन: दोहोर्‍याएर गर्नुपर्ला । मिहिनेतको पनि उचित प्रतिफल प्राप्त नहोला ।

तुला

प्रारम्भ भएका कार्य उचित गति तथा मार्गमा अघि बढ्लान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । आतिथ्यता ग्रहण गर्न पाइएला ।

वृश्चिक

प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउला । यत्रतत्र यश, कीर्ति फैलिएला ।

धनु

कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ । यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्ला । आफन्तजनको भने सहयोग प्राप्त होला ।

मकर

स्वास्थ्य स्थिति प्राय प्रतिकूल रहला । इच्छित खानाको उपभोगमा बाधा अवरोध उत्पन्न होला । कठिन परिस्थितिमा साथ दिने आफन्तको अभाव महसुस होला ।

कुम्भ

मनमा प्रसन्नताको बहार छाउला । आरोग्यतामा थप वृद्धि आउला । गरेका कार्यको उचित प्रतिफल प्राप्त होला ।

मीन

आर्थिक अवस्थामा असन्तुलनता देखापर्ला । मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ला । आँखामा कष्ट वा कुनै समस्या देखापर्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !