३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ ७ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ ७ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

हीनताबोध तथा आत्मबलमा कमी महसुस होला । लगनशीलतामा पनि केही ह्रास आउला । आर्थिक लाभ नै नहुने कामको समेत जिम्मेबारी बहन गर्नुपर्ने हुनसक्छ ।

वृष

आर्थिक पक्ष थप सबल बन्दै जाला । ठीक समयमा उचित निर्णय लिन सकिएला । मनमा उत्साह बढ्ला ।

मिथुन

आशै नगरेको व्यक्तिबाट सहयोग प्राप्त होला । रोजगारी वा आय आर्जनका नयाँ बाटाहरु खुल्लान् । पहिलेको कार्य सफलताले हौसलामा वृद्धि आउला ।

कर्कट

लामो समयदेखि रोकिएका कार्यहरू पुन: सुचारू होलान् । लगानीका लागि नयाँ कार्ययोजना तय हुनसक्छन् । आश्वासन दिनेहरुको भने भरोसामा नपर्नु उचित होला ।

सिंह

शारीरिक तथा मानसिक आलस्यता बढ्ला । अन्तिम अवस्थामा पुगेर काम बिग्रिन सक्छ । वादविवादजन्य विषयमा प्रवेश नगरेको नै ठीक होला ।

कन्या

राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त होला । कला साहित्य सङ्गीतमा रुचि बढ्ला । मनमा शान्ति छाउला ।

तुला

खास व्यक्तिको आतिथ्यताले घरमा रौनकता छाउला । वस्त्र, अर्थ वा उपहार प्राप्त हुनसक्छ । प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला ।

वृश्चिक

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले फाइदा नदेला । नयाँ कार्य प्रारम्भका लागि प्रतीक्षारत रहनु उचित होला । घरबाहिरको बसाइ कष्टकर हुनसक्छ ।

धनु

आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव महसुस होला । प्रतिकूल परिस्थितिको सामाना गर्नुपर्ला ।

मकर

सामाजिक कार्यमा जस तथा सफलता प्राप्ति होला । धार्मिक कार्यमा रुचि बढ्ला । कार्यसिद्धिले मन रमाउला ।

कुम्भ

बाह्य विषयमा अनावश्यक चासो नलिएकै उचित होला । आँखामा कष्ट वा समस्या देखिन सक्छ । लेनदेनका लागि समय प्रतिकूल रहला ।

मीन

ज्ञानार्जनका नयाँ बाटाहरु आलोकित होलान् । महत्त्वपूर्ण सभा, समारोहमा सहभागी हुने मौका मिल्न सक्छ । कुनै रचनात्मक कार्यको प्रारम्भ होला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !