३१ भाद्र २०८१, सोमबार

२०८१ साल भदौ ३ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८१ साल भदौ ३ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

विपरीत लिङ्गी साथीबाट काम गर्ने प्रेरणा, हौसला प्राप्त होला । नियमितभन्दा बाहिरी कामबाट फाइदा होला । नयाँ कामका लागि समेत नयाँ प्रस्ताव आउनसक्ला ।

वृष

धेरै समयदेखि रोकिएका कार्यहरु पुन: सुचारु होलान् । नयाँ कार्य योजना तय होला । सामाजिक उत्तरदायित्व बढ्ला ।

मिथुन

आलस्यता बढ्नाले कार्य सम्पादन प्रभावित होला । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने हुनसक्छ । वादविवादबाट टाढै रहेको श्रेयस्कर होला ।

कर्कट

कलासाहित्यमा रुचि बढ्ला । आतिथ्यता ग्रहण गर्ने अवसर जुट्न सक्छ । राज्य पक्षबाट सहयोग प्राप्ति होला ।

सिंह

आफूले गरेको कार्यमा आत्मसन्तुष्टि प्राप्त होला । विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइएला । दीर्घकालीन रुपमा फाइदा हुने कार्यको प्रारम्भ होला ।

कन्या

चिठ्ठा, शेयर जस्ता क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् नतिजा नदेला । आफन्तको भने साथ प्राप्त होला । नयाँ कार्य प्रारम्भका लागि भने प्रतीक्षारत रहनु उत्तम होला ।

तुला

अप्ठ्यारोमा साथ दिने आफन्तको अभाव खट्किएला । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ । परिस्थिति प्रतिकूल बन्ला ।

वृश्चिक

धर्मकर्ममा रुचि बढ्ला । सामाजिक कार्यमा जस वा सफलता प्राप्त होला । उद्योग व्यापारको लगानीले फाइदा देला ।

धनु

तार्किक बोलीको उच्च प्रभाव पर्ला । शुभ कार्यको यत्रतत्र चर्चा चल्ला । अरुका विषयमा भने चासो नराख्नु नै उचित होला ।

मकर

नयाँ विषयवस्तुको ज्ञान आर्जन गर्ने अवसर मिल्ला । सभा समारोहमा सहभागी हुने मौका जुट्ला । रचनात्मक कार्यको सुरुवात हुनसक्ला ।

कुम्भ

सामाजिक मान सम्मानमा खलबल आउन सक्छ । हीनताबोध वा कमजोर महसुस होला । लगनशीलतामा समेत कमी आउला ।

मीन

ठीक समयमा उचित निर्णय गर्न सकिएला । अनायासै अर्थ, जमिन लाभको अवसर जुट्न सक्छ । मनमा उत्साह बढ्ला ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !