२०८० साल पुस ८ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥
मेष
असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने साथै आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने ।
वृष
सामाजिक मान सम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा भित्र्याउने ।
मिथुन
आफन्तजनबाटै प्रतिपक्षीको भूमिका खेलिने साथै अनावश्यक रुपमा खर्चका बाटाहरु बढ्ने ।
कर्कट
शुभ समाचारको आगमनले मन प्रसन्न हुने साथै साथीभाइ आफन्तजनसँग रमाइलो भेटघाटको मौका जुर्ने ।
सिंह
स्वास्थ्य स्थिति प्राय: अनुकूल रहेपनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।
कन्या
आशा गरेको व्यक्ति तथा स्थानबाट निराश बन्नुपर्ने साथै व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने ।
तुला
अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने साथै वादविवादजन्य विषयमा प्रवेश नगरेकै श्रेयस्कर ।
वृश्चिक
थालेका कार्यले सफलताको मार्ग पक्रिने साथै मानसिक शान्ति मिल्ने ।
धनु
शत्रु पक्षको लज्जास्पद हार हुने साथै घरमा नवीन चहलपहल छाउने ।
मकर
यात्रामा अनेकन विध्नबाधा सहनुपर्ने साथै मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ
मन प्राय अस्थिर रहने साथै स्वजनसँगै वैचारिक मनमुटावको स्थिति बन्ने ।
मीन
आरोग्यतामा थप वृद्धि आउने साथै कार्यसिद्धिको योग ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816
धन्यवाद !