२०८० साल भदौ १५ गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥
मेष
मनमा प्रसन्नता छाउने कुनै शुभ समाचार सुन्न पाइने साथै शुभेच्छुक इष्टमित्रसँग रमाइलो भेटघाटको अवसर जुट्ने ।
वृष
स्वास्थ्य स्थिति अनुकूल रहेपनि आँटेताकेका कार्यलाई गन्तव्यमा पुर्याउन कठिनाइ ।
मिथुन
व्यापार व्यवसायमा अन्तुलनता देखापर्ने साथै आशा गरेको व्यक्ति, स्थानबाट काम नबन्ने ।
कर्कट
अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने तथा अनावश्यक वादविवादमा फसिने सम्भावना ।
सिंह
मनमा शान्ति तथा मुहारमा कान्ति छाउने साथै प्रारम्भित कार्यले अपेक्षाकृत् गति लिने ।
कन्या
शत्रुपक्षको शक्ति क्रमशः क्षीण बन्दै जाने साथै आफूले गरेको कार्यले आत्मसन्तुष्टि दिने ।
तुला
घरबाहिरको बसाइँका क्रममा अनेकन विघ्नबाधाको सामना गर्नुपर्ने साथै मनमा अशान्तिले डेरा जमाउने ।
वृश्चिक
इच्छित खानाको उपभोग तथा पूर्व निर्धारित कार्यमा बाधा साथै मनमा अस्थिरता छाउने ।
धनु
आरोग्यतामा थप वृद्धि आउने साथै मनमा खुशीयाली छाउने शुभ योग ।
मकर
असन्तोषरुपी अनल ज्वालामा मन प्रज्वलित हुने साथै आर्थिक कारोबारमा नोक्सानी बेहोर्नुपर्ने ।
कुम्भ
नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने साथै पारिवारिक साथ सहयोगले महत्त्वपूर्ण काम बन्ने ।
मीन
सामाजिक मान सम्मानमा केही खलबल आउने साथै खर्चका बाटाहरु लम्बिएर जाने उच्च सम्भावना ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816
धन्यवाद !