१७ असार २०८१, सोमबार

आज २०७७ साल असोज २३ गते शुक्रवार आजको राशिफल


ज्योतिषशास्त्र

आज २०७७ साल असोज २३ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुखपनि मिल्नेछ ।

बृष

अरूले सापटी लगेको रकम फिर्ता पाइनसक्छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मिथुन

पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ ।

कर्कट

सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

सिंह

वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

कन्या

नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

तुला

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

बृश्चिक

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी काम धन्दाका लागि खट्नुपर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर आफनतले साथ दिनेछन् ।

धनु

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

मकर

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक–अर्काको भावना बुझ्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ ।

कुम्भ

नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

मीन

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । छोटो र लाभदायक यात्रा रहला । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !