१२ आश्विन २०८१, शनिबार

आज २०७७ साल असोज १६ गते शुक्रवार आजको राशिफल


राशिफल

आज २०७७ साल असोज १६ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।

बृष

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।

मिथुन

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । भौतिक सुख या वाहान सुखपनि मिल्नेछ । हरियो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउन सकछ ।

कर्कट

आज लाभ,हानी, सुख,दुख वरावरी र मध्यम खालको दिन छ, साथै प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

सिंह

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । झैँ–झमेलाको अवस्थापनि आउला ।

कन्या

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

तुला

मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभपनि हुनेछ ।

बृश्चिक

शुभ कार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

धनु

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा सफलता र प्रभूत्त्व जमाउन सकिनेछ ।

मकर

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता नै मिल्नेछ ।

कुम्भ

धार्मिक र सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको कार्य पुरा हुनसक्छ ।

मीन

मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ । विशेष यात्रापनि हुनसक्छ । (ज्यो.प. नारायण प्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल असोज १५ गते बिहिवार आजको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !