९ मंसिर २०८१, आइतबार

आज २०७७ साल असोज ३ गते शनिवार आजको राशिफल


राशिफल

आज २०७७ साल असोज ३ गते शनिवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मिथुन

आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु-बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला

आज आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

धनु

रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ

शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

बृष

आज रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

कर्कट

नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला ।

कन्या

आज आर्थिक कारोवारमा मन्दी आउनेछ । अनाबश्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । मनमा दुविधा पनि उत्पन्न हुन सक्छ ।

बृश्चिक

आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मकर

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !