१२ आश्विन २०८१, शनिबार

आज २०७७ साल भदौ ८ गते सोमवार आजको राशिफल


राशिफल

आज २०७७ साल भदौ ८ गते सोमवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

बृष

आज जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

मिथुन

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

कर्कट

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योग छ ।

सिंह

शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्त्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कन्या

लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

तुला

पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

बृश्चिक

गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

धनु

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

मकर

आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ ।

कुम्भ

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला

मीन

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थपनि लाग्न सक्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !