१२ आश्विन २०८१, शनिबार

आज २०७७ साल भदौ १ गते सोमवार आजको राशिफल


आजको राशिफल

आज २०७७ साल भदौ १ गते सोमवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको राम्रो वातावरण बन्नेछ ।

बृष

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । विद्या र सन्तानबाट सुख मिल्नेछ ।

मिथुन

प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

कर्कट

नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह

आज साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । आफ्नो व्यवसायमापनि मन्दी आउला ।

कन्या

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिर र कर्म प्रति रुचि बढ्नेछ । रोकिएका र आधुरा काम पुनः सुरु हुन सक्छन् ।

बृश्चिक

पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभ कार्यको चर्चा चल्नेछ ।

धनु

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । रोकिएका र चिताएको कामले तीव्रता लिनेछ ।

मकर

आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

कुम्भ

विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मीन

आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !