१२ असार २०८१, बुधबार

आज २०७७ साल साउन ९ गते शुक्रवारको राशिफल


आजको राशिफल

आज २०७७ साल साउन ९ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

बृष

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन

आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

कर्कट

आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला ।

सिंह

आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक मायाँ र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

कन्या

दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ती कमजोर रहनाले समस्या आउन सक्छ ।

तुला

सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ ।

बृश्चिक

नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला ।

धनु

आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योगपनि रहेको छ ।

मकर

आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ

बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

मीन

सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मानपरेका परिकार खान पाईएला । बोलीको प्रभावपनि बढ्नेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !