१२ असार २०८१, बुधबार

आज २०७७ साल साउन २ गते शुक्रवारको राशिफल


राशिफल

आज २०७७ साल साउन २ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृष

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक लाभपनि रहला ।

मिथुन

कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

कर्कट

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

सिंह

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कन्या

उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

तुला

आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ ।

बृश्चिक

शुभ कार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

धनु

आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

कुम्भ

धार्मिक, सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायीक प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

मीन

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !