१२ आश्विन २०८१, शनिबार

आज २०७७ साल असार ३१ गते बुधवारको राशिफल


राशिफल

आज २०७७ साल असार ३१ गते बुधवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज सामाजिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । न्यायीक कार्यमा सफलता मिल्नेछ ।

बृष

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर आफनतले सहयोग गर्नेछन् ।

मिथुन

आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

कर्कट

उमङ्ग र उत्साह छाउनेछ । महत्त्वपूर्ण कार्यको थालनी हुनेछ । नजिकैको व्यक्तिबाट साथ र सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । दैनिकी कार्य बिस्तारै सहज हुनेछ ।

कन्या

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

तुला

आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । अधुरो कमपनि बन्ला ।

बृश्चिक

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको भेटघाटले मन प्रफुल्ल रहला । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

धनु

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आर्थिक लाभपनि रहला ।

मकर

आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

कुम्भ

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मीन

रोकिएका काम पुनः सुरु हुन सक्छन् । राम्रो काम र धार्मिक यात्राको अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !