१२ आश्विन २०८१, शनिबार

आज २०७७ साल असार ३० गते मंगलवारको राशिफल


आजको राशिफल

आज २०७७ साल असार ३० गते मंगलवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृष

दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तान पक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । कार्यमा बाधा आउनेछ ।

मिथुन

आज मंगल कार्यको योजना बन्नेछ । धार्मिक / सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । कृषि कार्यमापनि सफलता मिल्नेछ ।

कर्कट

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट फाईदा हुनेछ । जटिल ठानिएको काम समेत सम्पादन हुनसक्छ ।

सिंह

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आफन्त र मित्रताको बन्धनमा रमाउने समय छ । छोटो यात्रा गर्ने अवसरपनि प्राप्त हुनेछ ।

कन्या

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वाणी, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ ।

तुला

आजको दिन हाँसखेल खानपिनमा जानेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ ।

बृश्चिक

दाम्पत्य जीवनमा एक किसिमको माधुर्यता छाउनेछ । मनमा दुविधा बढेपनि गरेको कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चापनि चल्नेछ ।

धनु

आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कुम्भ

आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सम्मानपनि पाईनेछ ।

मीन

आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ला । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । (ज्यो.प. नारायण प्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !