१२ असार २०८१, बुधबार

आज २०७७ साल असार १६ गते मंगलवारको राशिफल


राशिफल

आज २०७७ साल असार १६ गते मंगलवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

बृष

विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुखद् यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

मिथुन

आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

कर्कट

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषि कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह

आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

कन्या

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला

धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

बृश्चिक

आज अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्यापनि आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु

शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । अलझिएका समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मकर

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । दैनिक कार्यमा सफलता पाईनेछ ।

कुम्भ

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

मीन

आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !