आज २०७७ साल असार ५ गते शुक्रवारको राशिफल Nepalpatra आज २०७७ साल असार ५ गते शुक्रवारको राशिफल
७ बैशाख २०७८, मंगलबार

आज २०७७ साल असार ५ गते शुक्रवारको राशिफल


राशिफल

आज २०७७ साल असार ५ गते शुक्रवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

विभिन्न अवसरले पछ्याउने छन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष

आज चुनौतीको सामना गर्दै काम बनाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

मिथुन

योजना कार्यान्यन नगर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने, चोरी हुने वा नष्ट होला ।

कर्कट

शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश र जाँगर बढ्नेछ ।

सिंह

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

कन्या

जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

तुला

आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । छोटो यात्रा हुन सक्छ ।

बृश्चिक

शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

धनु

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

मकर

आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यमा कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

कुम्भ

आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साँझमा पैसा खर्च हुने योगछ ।

मीन

मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा-मामिलामा विजयी भइनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !