११ श्रावण २०८१, शुक्रबार

शनिबारमा कुन देवी-देवताको पूजा गर्ने ?


शनिबार

शनिबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, शनिबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

शनिबार

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पुजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने भक्तालुहरूको विश्वास रहेको छ।

शनिबार विक्रम संवत् पात्रो अनुसार शनिबार हप्ताको सातौँ दिन तथा शुक्रवार र आइतबारको बिचको दिन हो। तर युरोप र अन्य केही देशहरूमा भने शनिबारलाई हप्ताको छैठौं दिन मानिन्छ । आइ एस ओ ८६०१ मापदण्ड अनुसार पनि यो हप्ताको छैठौं दिन हो । नेपालमा शनिवार मात्र सप्ताहअन्तको रूपमा एक दिन सार्वजनिक बिदा हुने गर्दछ।

यो पनि पढ्नुहोस्

शुक्रबारमा कुन देवी-देवताको पूजा गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !