८ बैशाख २०८१, शनिबार

शुक्रबारमा कुन देवी-देवताको पूजा गर्ने ?


Friday

शुक्रबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, शुक्रबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

शुक्रबार

नेपाली पात्रो अनुसार शुक्रबार हप्ताको छैठौं दिन हो। ज्योतिषशास्त्र अनुसार यसलाई शुक्र ग्रहको नामले नामाकरण गरिएको हो । हिन्दू धर्मावलम्बीहरू शुक्रबारमा लक्ष्मीको पूजा गर्दछन् । लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार-सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ ।

यो पनि पढ्नुहोस्

बिहिबारमा कुन देवी-देवताको पूजा गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !