सिहं राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य
सिहं राशि (मा मी मू मे मो टा टी टू टे)
स्वामी : सुर्य
शुभ अंक : १
शुभ बार : आइतबार, सोमबार, मंगलबार र बिहीबार
घातबार : शुक्रबार र शनिबार
शुभ रत्न : माणिक्य, मुगा र पुष्पराज
शुभ दिशा : पूर्व दिशा
शत्रु राशि : मकर
शुभ रंग : रातो । यदि गोजिमा रातो रुमाल बोकेमा अति लाभदायक हुनेछ ।
धर्म : सूर्य निच हुँदा आइतबारको ब्रत, सूर्यलाई अर्घर पिता हुँदा पितासँगको सम्बन्ध बढाउनु र पिता नहुदा श्रद्धा र पितृ तर्पणलाई भुल्न हुदैन ।
बिबाह : सिंह राशिका व्यक्तिका मानिसले मकर राशिका व्यक्तिसँग बिबाह गर्न हुँदैन । मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, धनु यी ६ राशि सँग सम्बन्ध बढाएमा राम्रो हुनेछ । यो राशिका महिलाले वृश्चिक राशिका पुरुषसँग बिबाह गरेमा शुभ हुन्छ ।
नोकरी : सूर्यका देवता अग्नि हुन् । यस राशिका मानिसलाई नारीबाट भन्दा पुरुषबाट फाइदा हुने हुँदा कारोबारमा रातो पहेलो धातुको व्यापार तथा सेना प्रहरी, सरकारी जागिर, प्रविधि विषय, विदेश यात्रा समुन्द्रपारको काम पनि राम्रो हुनेछ । वैदेशिक यात्रामा जापान र पश्चिमा मुलुक जाँदा राम्रा हुने योग देखिन्छ ।
स्वास्थ्य : सिंह राशिका व्यक्तिहरुलाई शिर जन्य समस्या, अमिलो पानी आउने पेट पोल्ने, आखा, दात ,बाथ, पित्त, घाटी तथा पिसाब सम्बन्धी समस्या हुने गर्दछ ।
सम्वन्ध : यो राशिका मानिसलाई क्षेत्रिय जातका वर्गसँग सम्बन्ध गर्दा बढि लाभकारी हुनेछ । तत्काल निर्णय गर्ने, फुर्सदमा पछुताउने बानी सिंह राशिका व्यक्तिमा हुने गर्छ । जेठा दाजुसँग बढि मित्रता रहनेछ । सन्तती थोरै हुनेछन् ।
स्वभाव
बढि सपना देख्ने, बच्चामा आमा र धाई आमाको माया पाउने, पढाइमा लगशिलता भएपनि बिर्सने बानी हुनेगर्छ । चन्द्रमाको दर्शन प्रत्येक पूर्णिमाको दिनमा गरेमा र साझेदारी काम गरेको राम्रो हुनेछ । सूर्यको शुभ महिना भाद्र हो । सिंहका राशिका केटाकेटिले खाखाको इशाराबाटै काम चलाउने गरेको पाइन्छ । सिंह राशिका मानिस रात्रिमा जन्मेका छन् भने सामाजिक कार्यमा लाग्ने, सामाजिक जीवनमा आफ्नो जीवन बिताउन खोज्छन् । दिनमा जन्मने व्यक्ति छन् भने कुलको दिपक नै हुन्छन् । घरपरिवार समाजको दृश्टिमा उनीहरु साह्रै सकारात्मक हुन्छन् । सिंह राशिकी महिलाले परिवार र पतिलाई आफ्नो वशमा राख्ने तिब्र चाहना हुन्छ । छिटै रिसाउने र छिटै खुसी हुनेबानीले गर्दाउनीहरुको मन बुझ्न सकिदैन । बढि खर्चालु स्वभाव हुन्छन् । विचार गर्नु पर्ने कुराहरु बढि शंकालु, आत्मविश्वासी, आवश्यकता बढि आकर्षित हुनु, चाहना नबुझी बोल्नु, अरुलाई महत्व नदिनुर अरुको घृणा गर्ने बानी असफलताका लक्षणहरु हुन् ।
*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।