७ बैशाख २०८१, शुक्रबार

“समाजको कुप्रथाले गर्दा नवराज विश्वकर्माको लागि प्रेम श्राप बन्यो”


दुई अक्षर मिलेर बनेको शब्द “प्रेम” सुन्दा जति मीठो छ , त्यतिनै घातक पनि छ । मैले बुझेको प्रेमको भाषा सहि छ या गलत त्यो त मलाई थाहा छैन । तर मैले अहिलेसम्म जति बुझे “प्रेम” भनेको निस्वार्थ भावनाले मुटु-मुटु जोडिएर बनेको दुई त्माको मिलन हो भन्ने बुझेको छु । यसमा न कुनै स्वार्थ हुन्छ न कुनै जातिय भेदभाव, धर्म, धनी गरिबको नै कुरा आउँछ । तर हाम्रो नेपाली समाजमा त आन्तरजातिय प्रेम, विवाह गर्नेहरुलाई ज्यानै समेत लिआदिन्छन् । यो कहाँ सम्मको न्याय हो ? कहिले दाईजोको नाममा चेलीबेटी मारिन्छन, कहिले अन्तरजातीय प्रेम, विवाह गरेको आरोपमा प्रेमी/ प्रेमिकाहरु मारिन्छन् । समाज पनि यति साघुरो सोच राखेर कति निर्दयी बन्यो अचम्म लाग्छ।

समाजको समाजिक परम्परा, रितिरिवाज, कुप्रथा हामिले नै बनाएका हौं । त्यसैले समाजलाई परिवर्तन गरेर नयाँ मोड तिर पनि हामिले नै लैजानु पर्छ । समाज हामीले जस्तो बनायो त्यस्तै बन्ने हो । समाजले मानिसलाई बनाएको होइन, मानिसले समाज बनाएको हो । त्यसैले समाजका कुप्रथाहरु पनि हामिले नै अन्त्य गर्नु पर्छ । २१ औं शताब्दीमा आएर पनि किन मान्छेहरु अझै पनि कुप्रथाको पछाडि लागिरहेका छन् ।

हामी सबैलाई थाहा छ काटे रगत सबैको रातै आउँछ । तर पनि किन जातिय भेदभाब गर्छौं । जातभात नभनेर निस्वार्थ प्रेम गर्नेहारुलाई हामी किन खुलेआम प्रेम गर्न दिदैनौं । किन समाज बाधक बनिदिन्छ ? साचो माया गर्ने जोडिहरु समाजका कुप्रथाले गर्दा जति मरेका छन्, वा मारिएका छन् तिनिहरुलाई के भनेर बुझ्ने हो ? प्रेममा बलिदान दिएको बुझ्ने कि , जातिया भेदभाबका कारण प्रेममा असफल भएको बुझ्ने ।

प्रेम त ईश्वरको बरदान भनिन्छ नि, हामी सबैले बुझेकै कुरा हो । तर केही समाजका कुप्रथाले केही व्यक्तिका लागि प्रेम श्राप जस्तै बनिदिन्छ । आफ्नो ज्यानै गुमाउन पुगेका हुन्छन् । त्यसैले हामी सबै मिलेर कुप्रथाको अन्त्य गरौँ । साघुरो सोच नराखौं । प्रेम गर्नेहरुलाई खुलेआम प्रेम गर्न दिउँ । समाजको रितिरिवाजलाई लिएर तिनिहरुको बाधक नबनौं । परिवर्तन गर्न खोजे सबैकुरा सम्भब छ । परिबर्तन नै गर्न नखोजे सबै कुरा असम्भव छ । तर हामी यति बुझौं कि परिवर्तन सम्भब छ , र कुप्रथा तिर ढल्किएको समाजलाई परिवर्तन गर्नु पर्छ ।

तर केहि समय अघिको घटनाले नेपाली समाज र नेपालीलाई निकै दुखित बनाएको छ । घटना हो पुर्व रुकुमका नवराज विश्वकर्मा । नवराज विश्वकर्माको अन्तरजातीय प्रेमका कारणले गर्दा नै उनले आफ्नो ज्यान गुमाउन बाध्य भए । प्रेममा मानिस अन्धो हुन्छ भन्छन् । तर यहाँ त प्रेममा जातीय भेदभावका कारण यो संसार नै छोड्न बाध्ये भए । आखिर उनको के नै गल्ति थियो र जब कि मारेरे फाल्दिनु पर्ने ।

नेपाल समाज कतिसम्म गिरिएको छ भन्ने कुरा यो घटनाले पनि प्रष्टै देखिन्छ । प्रेम नवराज र प्रेमिकाले गरेका थिए समाजले होइन । जीबन जिउने नवराज र उनको प्रेमिकाले थियो, समाजले होइन । तर त्यहाँ नवराज र उनका प्रेमिकाको प्रेमलाई सफल हुन त दिएन, दिएन । तर नवराजको ज्यान नै लियो यो । घटनाले गर्दा सडकदेखि संसदसम्म आवाज उठेको छ । यो घटना राष्टिय घटना नै बनेको छ ।

गृहमन्त्रीले केहि दिन अगाडी राष्ट्रियसभा गृहमा बोल्दै यस घटनाको छानविन समिति गठन भएको जानकारी दिएका थिए । गृहमन्त्रीले ५ जना सदस्यको समिति गठन भएको बताएका थिए । यो समितिले पक्कै पनि घटनामा संलग्न सबैलाई कारवाही गर्छ भन्ने आम नेपालीले आश्वासन लिएका छन् ।

अन्यमा
यस्ता घटनाहरुले गर्दा र जातीय भेदभावका कारणले गर्दा अझैं नवराज जस्ता अन्य व्यक्तिले आफ्नो ज्यान गुमाउन नपरोस् । नवराज र उनका प्रेमिकाको जस्तो प्रेममा अब अरु समाज पनि बाधक नबनोस् । अन्तरजातीय प्रेम विवाह पनि थुप्रैले गरेका छन् । उनीहरुले पनि आफ्नो जीबन राम्रोसँगले बिताइरहेका छन् । त्यसैले गर्दा यस्ता घटनालाई अन्य गर्नको लागि सबैभन्दा पर्हिले सरकारले पनि संविधानमा भएको कानुनअनुसार नै व्यवहारमा उतार्न जरुरि छ र जातीय भेदवाव अन्यको लागि सरकारले पनि रुकुप जस्ता पिछडिएका क्षेत्रहरुमा जातीय भेदभाव अन्त्यगरौं भन्दै तालिम दिन जरुरि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !