पछिल्लो समयमा व्यक्तिवादी सोच हाभी भइरहेको छ । जो कोही अरुभन्दा अघि बढेर काम गर्न खोज्छ। धन-सम्पति, मान-प्रतिष्ठामा पनि ऊ अघि नै हुन् चाहन्छ । हुनत सफल हुन कसलाई मन पर्दैन र सक्षम र सबल हुनकै होडबाजी बाजी छ अहिले । तर मानिसहरु एकसाथ सफल हुन सकिरहेका हुदैनन् किनकी उनीहरुको सोच्ने शैली र काम गराई फरक-फरक हुन्छ । त्यसैले तपाईलाई केले अघि बढ्नबाट रोकिरहेको जान्नुपर्ने हुन्छ । आउनुहोस तपाईलाई अघि बढ्न के ले रोकिरहेको छ,छलफल गरौं :
- तपाईको तुरुन्तै हार्ने स्वभावले
- तपाईको योजना बनाउने र तयारी गर्ने अनिच्छा वा अज्ञानताले
- तपाईको भाग्यवादी धारणाले
- तपाईको साहस र उदेस्यको कमीले
- तपाईमा भएको अनुशासनको कमीले
- तपाईका काल्पनिक डरहरुले
- तपाईका बाहानाहरुले
- तपाईमा भएको स्वार्थ र लोभ गर्ने बानीले
- तपाईसग भएको दृढ विस्वासको कमीले
- तपाईले खतरा मोल्न डराउनाले आदि
तसर्थ यी कुराहरुमा विचार पुर्याउनु भएमा तपाई अवश्य आफ्नो लक्ष्यमा प्रवेश गर्न सक्नुहुन्छ ।