सबैले सोध्न थाले “किन बिज्ञानका बारेमा लेख्दैनौ ?”
“बिज्ञान?”
“कुन बिज्ञानको बारेमा सोध्दै हुनुहुन्छ ?”
“ए!! त्यो मैले पढेको बिषय ?”
“त्यो त अरुले पत्ता लगाएका र लेखेका कुराहरु पो हुन् त। मैले पढेको मात्र हो, कहाँ गहिरो सोच र विचार बिना बिज्ञान जानिन्छ र ?”
म सङ्ग बिज्ञान भए पो लेख्नु । म त रित्तो छु, दुनियाँका दिग्भ्रमित बिचारहरुले मेरो दिमाग भरिएको छ।
फेरी रित्तो भन्ने अनि भरिएको भन्ने यो के हो? सोध्नु होला । हो! यही हो बिज्ञानको कमी ।
वास्तविक बिज्ञान विचार र ज्ञान बिना सम्भव छैन । हामी पनि चरा जस्तै उड्न पाए हुन्थ्यो भन्ने बिचार नआएको भए प्लेन बन्ने थिएन, पानीमा काठको मुडो तैरिएको देखेपछी हामी पनि तैरन सक्छौ भन्ने बिचार नआएको भए पानीजहाज बन्ने थिएन, बिजुली चम्केको देखेर पानीमा कसरी बत्ती हुन्छ? भन्ने विचार नआएको भए बिजुलीको आबिस्कार हुने थिएन होला। स्याउ खसेको देखेपछी खुरुक्क नखाएर किन खस्यो? भनेर न्युटनले विचार गरे र वास्तविक ज्ञान प्राप्त गरी बिज्ञान दिए गुरुत्वाकर्षणको, न्युटनले दिएको तथ्य ठिक छ कि छैन भनी आईन्स्टाइनले बिचार गरे र बस्तुको पिण्ड, लम्बाई र समय सापेक्ष छन भनी विचार गरे र सापेक्षताबादको सिद्दान्त प्रतिपादन गरे। एडिसनले कसरी बिजुली बाट बत्ती बल्छ भनेर विचार गरे र त हामी लोडसेडिङ्ग खपेर पनि कहिलेकाहिँ बत्ती बाल्न सक्षम छौँ ।
अब भन्नुहोस, मैले के दिएँ ?
त्यसैले म त रित्तो छु । विचार गर्दै छु कि के नयाँ विचार गरुँ ?
फेरी विचार गर्ने विचार चाहिँ के हो?
त्यो अज्ञान हो। विचार गर्ने विचारले नयाँ विचार आउँदैन, जस्तै आज त जसरीपनि कविता लेख्छु भनेर बस्नुहोस मरिकाटे आउँदैन कविता, आउँदै आउँदैन। लेख्यो अनि केर्यो,उही लेख्छन् केर्छन् भुपी सेर्चन भने जस्तो भैदिन्छ। कहिले काहिँ बाटोमा हिँड्दा हिँड्दै आउँछ कविता, पानीमा पौडँदा आउँछ कविता। कसैले प्रेममा परेपछी लेख्छन्, कहिले प्रेम छुटेपछी लेख्छन्। त्यसैले यो विचार पनि गर्छु भनेर योजना बनाईँदैन। उदाहरणको लागी यदी तपाइँले नयाँ विचारको सृजना गर्नको लागी योगा गर्ने योजना बनाउनु भयो भने तपाइँमा कुनै विचार आउँदैन । बरु योगा गर्ने बिचार गर्नुहोस्, र निरन्तर योगा गर्नुहोस् नयाँ नयाँ बिचार त्यसै आउँछ।
अब कुरा आयो, विचार गर्दैमा सबैकाम भइहाल्छ त?
त्यो चाहिँ ज्ञान हो। अब विचारबाट ज्ञान कसरी प्राप्त हुन्छ त? त्यसको लागी त चहिन्छ अन्तर्मनको यात्रा, अर्जुन दृष्ट्री, गहिरो सोच, ध्यान, तपस्याद्वारा कटिबद्ध रुपमा निरन्तर कर्म गर्नु, त्यसको बारेमा ज्ञान लिनु, त्यसको वास्तविक्ता जान्नु । ज्ञान प्राप्त भएपछी त्यसलाई प्रस्तुत गरिन्छ या भन्यौ परिक्षण गरिन्छ र त्यो हो “बिज्ञान”।
त्यसैले पहिले विचार अनि त्यसपछी ज्ञान र ज्ञानको अन्तिम रुप बिज्ञान हो ।
अब भन्नुहोस् हामी सङ्ग कहाँ छ बिज्ञान ? बिज्ञान सम्म पुग्न त असल विचारको ढोकाबाट पसेर ज्ञानको आशनमा बसेर ध्यान गर्नुपर्छ, निरन्तर तपस्या गर्नु पर्छ, कर्म गर्नु पर्छ । धैर्यता, एकाग्रता, निस्चित गन्तब्य अनि सत्मार्ग सबै अंगालेर एउटा फरक नतिजा पाउनु हुनेछ जुन ज्ञान भन्दा अधिक ज्यादा महत्वपुर्ण हुन्छ, त्यही नै बिज्ञान हो । बिज्ञान भन्दा माथी अर्को एउटा लेबल छ ज्ञानको त्यो हो ब्रम्ह ज्ञान। ब्रम्ह ज्ञानी मानिसहरु आँखा चिम्लेर हेर्न सक्छन् भनौँ देख्न सक्छन् जस्को दिमाग प्रकाशको गती जस्तो तेज हुन्छ । भुत भविस्य र बर्तमान सबै देख्न सक्छन् । त्यस्ता मानिस हरु प्राय भेटिन गाह्रो छ । उनिहरु भएको वा देखेको भन्दा पनि नदेखेको कुराको काल्पनिक दृष्याबलोकन गरी अदृष्यलाइ दृष्य बनाउन खोज्छन । आइन्स्टाइनले भनेको त्यही हो कि मैले केही पनि जानिन मतलब म ब्रम्ह ज्ञानी हुन सकिन ।