वीर बलभद्रको वीरताका सामु यसरी झुकेको थियो अंग्रेज

नालापानीको युद्धमा नेपालीको हार भएतापनि अंगेजले स्मारक स्थापना गरी शिलालेखमा लेखिएको छ - हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार

बलभद्र कुंवर नेपालका एक राष्ट्रिय विभूति तथा एक वीर योद्धा थिए । बलभद्र कुँवर १५ माघ १८४५ अर्थात ३० जनवरी १७८९ मा पिता सरदार चन्द्रवीर कुँवर र आमा अम्बिका देवीको कोखबाट जन्मिएका थिए। बलभद्रका बुबा सरदार चन्द्रवीर कुँवर पनि प्रख्यात योद्धा थिए । यिनकी आमा अम्बिकादेवी बूढाकाजी अमरसिंह थापाकी छोरी पनि प्रखर वीर योद्धा थिइन् । वीर बलभद्रका नामले चिनिने बलभद्र कुँवर अमरसिंह थापाकी छोरीपट्टिका नाति हुन् ।

सन् १८१४-१८१६ को बीचमा चलेको गोरखा युद्धको पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी गोरखाली सेनाका एक क्याप्टेन थिए र १८१४ मा देहेरादुनको बाहिर नालापानीको युद्धमा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए । नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । नेपाल ब्रिटिस युद्धमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशल, साहस, वीरता, शौर्य र पराक्रमका साथ भाला, खकुरी, खुँडा, तरबार र भरुवा बन्दुकले प्रतिरोध गयो ।

नालापानीको युद्ध नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो । जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए । नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए ।

अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका ३५०० भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पी समेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्हाले ।

माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो ।

नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी तथा अन्य धेरै सिपाहीहरु नेपालीको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो । कमान्डर बलभद्र आफूसँग बचेका झन्डै ७० सेनाका साथ अंग्रेज फौजकै अगाडिबाट नांगो खुकुरी नचाउँदै किल्लाबाट बाहिरिएको घटनालाई अंग्रेजहरू स्वयं मुक्तकण्ठले प्रशंसा गर्न बाध्य भए । अंग्रेजविरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमै बहादुरीको उत्कृष्ट नमुना साबित भयो । आफ्ना सबैभन्दा सुयोग्य कमान्डर जिलेस्पीलाई गुमाउँदा इस्ट इन्डिया कम्पनी मर्माहत भएको थियो । जिलेस्पीले त्यसअघिका सबै युद्धमा विजय प्राप्त गरेका थिए ।

यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली वीरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालीहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । यस युद्धमा नेपालीहरूको हार भएपनि उक्त स्मारकको शिलालेखमा लेखिएको छ – हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ । वीर बलभद्रको वीरताका सामु कसैसँग नझुक्ने अंग्रेज झुक्यो र नालापाीमा वीर बलभद्रको सम्मानमा मोनमेन्ट निर्माण गर्यो र अभिलेख राख्यो । वीरताको सम्मान यसरी गरिन्छ ।