१. बुद्दिमानहरुले काव्य शास्त्रीय मनोरंजनमा लागेर तथा मुर्खहरुले जुवा लगायतका दुर्व्यसन, निद्रा अथवा झगडामा लागेर समय बिताउँछन्।
२. सांसारिक कर्ममा लागेका मनुष्यले सधैं उठ्ने बित्तिकै भयानक संकट आयो अथवा आउने सम्भावना छ भन्ने सम्झनुपर्छ किनकि मृत्युको संकट र शोक यी कुन समयमा आइलाग्छन् अथवा यिनीहरुमध्ये कुन आउँछ; त्यसको ज्ञान कसैलाई हुँदैन।
३. जसले अर्काकी पत्नीलाई आमा समान, अर्काको धनलाई माटाको डल्लो वा ढुंगाजस्तै र समग्र प्राणीलाई आफ्नो आत्मा बराबर सम्झन्छ; त्यो वास्तविक ज्ञानी हो।
४. पुरुषले प्रार्थना स्वीकार, दान, सुख, दु:ख, शुभ र अशुभलाई आफ्नो आत्मा बराबरको प्रमाण मान्दछ।
५.यस संसारमा आफ्नो कल्याणको अभिलाषा राख्ने पुरुषले निद्रा, तन्द्रा, भय, क्रोध, आलस्य र जुम्सोपन लगायतका छ ओटा अवगुण यथार्थ रूपमा परित्याग गर्नुपर्छ।
(स्रोत: नारायण शर्माको ‘हितोपदेश’ पुस्तक)