२२ पुस २०८१, सोमबार

किन बोल्छन् मानिसहरु झुट ? झुट बोलेको कसरी थाहा पाउने ?


भनिन्छ शत्य भन्दा झुट मिठो हुन्छ केही समयको लागी। मानिसलाइ झुट बोल्न सजिलो हुन्छरे। शत्य अलि तितो नै हुन्छ। शत्य कुरा प्रकटगर्न मानिसलाइ अलिक गाह्रो पर्छ।
किनत ? किन पर्छ त्यस्तो गाह्रो शत्य बोल्न? किन बोल्छ मानिसहरुले झुटो ?
जो मानिसहरु बर्तमान या क्षणिक समयमा रमाउन चाहन्छ, उस्लाइ भविश्यको कुनै चिन्ता छैन त्यस्ता मानिसहरु अक्सर झुटो बोल्छन्। कोही मानिसहरु विशेष परिस्थिती बाट उम्कनपनि झुटो बोल्छन्। कोही मानिसहरु कसैलाइ क्षणीक प्रभाव पार्नकालागी झुटो बोल्छन्। यसरी झुटको खेती गरेर मानिसलाइ डुबाउने हरुको त कुरै नगरौँ । यहाँ झुटकै भरमा दुनिया डुवाउनेहरु कती छन् कती।
अब झुट बोलेको कसरी थाहा पाउने ? यहाँ केही साधारण उपायहरु प्रस्तुत गरेकोछु।

१ झुट बोल्नेहरुको आँखाको बिचार गर्नुहोस् । उनिहरु झुट बोल्दै गर्दा आँखालाइ बडो चनाखो बनाउँछन् । तपाइ तिर भन्दापनि यता उता आँखा डुलाउँदै कुरा गर्छन्। किनकी उस्को ध्यान तपाइँतिर भन्दापनि बाहिर दुनियाँतिर हुन्छ कतै मेरो कुरा कसैले सुनिरहेको छकि भन्ने तिर।

२ तपाइँ सङ्ग कुरा गर्दैगर्दा हातमा मोबाइल या अरु कुनै कुरा खेलाइ रहेको छ भने सम्झनुस उ तपाइँसङ्ग झुट बोलिरहेको छ।

३ कुरा गर्दै गर्दा शरिरको हाउभाउ को विचार गर्नुहोस्। कहिले कपाल मिलाउने, कहिले कपडा मिलाउने अनि च्यापु र ओठको बिचमा दायाँ हातले कन्याइ रहने मानिस हरु झुठो बोलिरहेका हुन्छन् ।

४ कहिले सानो श्वोरमा अनि कहिले ठुलो श्वोरमा कुरा गरे भने त्यो झुठ हुन सक्छ।

५ तपाइ सङ्ग कुरा गरिरहँदा दुरी घटबढ गर्ने मानिस झुठो बोलिरहेको हुन सक्छ ।

६ कुरा गर्दै गर्दा टेबलमा हात राझेर औँलाहरु चलाउने गरेमा ।

७ रोक्किँदै अड्किँदै र कहिले आफैँ हास्दै कुरा गरेमा ।

८ कसैलाइ नभन्ने शर्त गराएमा ।

९ नङले दाँत कोट्याउँदै कुरा गरेमा ।

१० असान्दर्भिक जवाफ दिएमा ।

कहिले काहिँ कसैको झुटमा परेर जिन्दगी बरबादपनि हुनसक्छ। त्यसैले झुट होकि साँचो हो भनेर सामान्य लक्षणहरुको सुक्ष्म अध्ययन गर्नुपर्छ । कसैसङ्ग कुरा गर्दा अलि चनाखो हुनुहोस् । आफ्नो कुरा कम भन्नुहोस अनि सुन्ने मात्र गर्नुस्। सकभर झुटको पहिचान गर्नुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !