डाक्टर साबले मेरो खुट्टाको नशा हेर्दै सोधे ” तपाइको पेशा के हो ?” मैले भने ” शिक्षण ” । तब डाक्टर साब मन्द हास्दै भने ” एउटा जोक भन्छु ल ? ” चिन्तामा डुबेको मैले हुन्छ हुन्न केहि नभन्दै डाक्टर साब जोक सुनाउन लागे र त्यो जोक सुन्न सबै बिरामीका कानहरु डाक्टर तिर तानिय। जोक यस प्रकारको थियो …
पहिले कुनै एउटा देशमा सुक्खा खडेरी परेछ। खडेरीले मान्छे तथा पशुपन्छीहरुलाई निकै कस्ट परेछ। पानि विना हाहाकार मचिएको निकै समय भएछ। त्यस गाउँमा एउटा प्रथा रहेछ, यदि कुनै मानिसले गधालाई केहि भन्यो र त्यो गधाले टाउको दायाँ बायाँ हल्लायो भने पानि पर्ने रहेछ। त्यसैले त्यो देशका राजाले सबै जनताको सामु एउटा गधा राखेर भनेछन “यदि कसैले यसको टाउको हल्लाउन सके म त्यसलाई मनोचित इनाम दिनेछु”।
राजाको त्यो कुरा सुनेपछि कयौं दिनसम्म निकै मानिसहरुले कोसिस गरेछन्। कसैले गित गायछन, कोहिले जोक भनेछन, कसैले गालि गरेछन् तर कुनै प्रयास गर्दा पनि गधाले टाउको हल्लायानछ। निराश भएर बसेका राजा सामु एकदिन एउटा व्यक्ति आएछ र आफु प्रयास गर्ने प्रस्थाव राखेछ र आज्ञा पाएपछि गधाको कानमा केहि फुस्फुसाएछ। त्यसको लगत्तै गधाले टाउको दायाँ बयाँ हल्लाएछ। त्यो देखेर सबै अचम्मित भएछन्।
संयोगवश अर्को दिन पानि परेछ। दुनियाले प्रयास गर्दापनि नहाल्लाएको टाउको त्यस व्यक्तिले के भनेर हल्ल्यो होला भन्ने खुल्दुली राजामा परेको रहेछ र ईनाम दिने निहुमा राजाले सोधेछन् “तिमीले के भन्यौ जसले गर्दा त्यो गधाले टाउको हल्लायो? ” त्यस व्यक्तिले उत्तर दियो ” माहाराज म एक शिक्षक हु र मैले त्यो गधाको कानमा शिक्षक बन्छस भन्दा गधाले बन्दिन भन्नलाई टाउको हल्लाएर त्यो संकेत दिएको हो”।
त्यो जोक सुनेर हाँसोको कोलाहाल मचियो तर म स्तब्द भए। डाक्टर जस्तो गरिमामय र बिद्धत पदमा भएको मनिसले शिक्षण पेशालाई यस्तो तुक्ष र तल्लो स्तरको मान्नु भनेको निकै दुर्भाग्यपूर्ण कुरो हो। के त्यो डाक्टर कुनै शिक्षक बिनानै डाक्टरी पढ्यो होला र? के हाम्रा देशका नेता, ईन्जीनियर र उद्धोगपतिहरु बिनाशिक्षक आफै कपुरी क देखि ठुला ठुला सुत्र तथा नीतिका कुराहरु बुझ्ने भए र ?
हो शिक्षण पेशाको एउटा कमजोरी छ, त्यो हो एस पेशामा पैसा छैन तर के पैसानै मुल्याकंनको आधार हो? न्युन पारिश्रमिक लिएर पनि देशका भविस्यका कर्णधारहरुलाई रातदिन नभनेर शिक्षा दिने त्यो व्यक्तिको के यहि हो मुल्यांकन? के चाणक्य बिना कुनै सामान्य व्यक्ति राजा बन्न सक्छ?
जाहाँ गुरुको सम्मान हुदैन त्यहाँ कहिले इश्वोर्ले वास गर्दैनन्। त्यहाँ त कुरीति, कुसंस्कार तथा अधर्मरुपी दानवले वास गर्दछ। त्यसैले भनाई छ “गुरु ब्रम्हा गुरु विष्णु गुरु देव महेश्वर
गुरु साक्षात् परब्रह्म, तैस्मय: श्री गुरुवे नमः ” यस्तो सोच भएको हाम्रो समाजमा आउन लागेको परिवर्तनले हामीलाई काहाँ पुर्याउला आँफै मनन् गरौँ।