१० असार २०८१, सोमबार

फेरी तयार रहौँ अर्को महाभुकम्पको लागी


सरकारले भुकम्प सुरक्षा दिवस मनाउँदैछ। त्योपनि धुमधाम सङ्ग। सायद लाखौँको खर्चमा हुनुपर्छ। १९९० सालको महाभुकम्पको सम्झनामा यो भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हुनुपर्छ सायद यो माघ २ गते। भनेपछी अब नेपाली जनताले बर्षको दुइ पटक भुकम्पको सामना गर्नुपर्ने भयो, त्यो पनि महाभुकम्पको। एउटा बैशाख १२ गते अनि अर्को माघ २ गते। त्यो हल्लैहल्लाको भुकम्प। त्यो महान आवाजहरु ति ठुलाबडाका, ति भाषणवाजहरुका। तिनिहरु जानेछन् त्यो दिवस मनाउन, चिल्लो गाडिमा, सुरक्षा फौज सहित, दलबल सहित।

ति महान मान्छेहरु कड्किनेछन्, उफ्रनेछन्, र सायद भन्नेछन् “हामी यो भुकम्पको जरै उखेलेर फाल्नेछौँ”। अझ कतिले त यसोपनि भन्लान्कि यो भुइँचालो हाम्रो सरकार छउन्जेल कदापी आउनेछैन। अझ कोही बहादुर नेपालीले त यसोपनि भन्लाकि हामीलाइ भुकम्प सङ्ग खेल्ने बानी परिसक्यो किनकी हाम्रा बाउबाजेले १९९० सालको भुकम्प सङ्ग लडेकै हुन्, हामिले २०७२ सालको भुकम्पलाइ सहजै पराजित गर्यौँ, किनकी हामी बिर नेपाली हौँ। अझ कतिले त यसो पनि भन्लान् “यदी हाम्रो पार्टी सरकारमा भयोभने लेखेर दिन्छु,यो भुइँचालो कदापी आउने छैन्”।

उनिहरुलाइ सुन्ने महान नेपालिहरु परर ताली पिट्लान्, सरकारमा भएकाहरुले भन्लान् “अझै कुर्नोस् दुइचार बर्ष, हामी दुइ लाख होइन पाँच लाख दिन्छौँ। फेरी अर्को जोड्दार ताली बज्नेछ। कार्यक्रम रमाइलो सङ्ग सकिने छ। त्यसपछी अर्को दिनबाट काठमाण्डौ सुरक्षित हुनेछ भन्ने महसुस जनताले गर्नेछन्। पर्सी बाट फेरी भुकम्प आउनेछैन। जग्गा प्लटिङ सुरु हुनेछ, लिक्युडिटी हाइ भएर बैँकहरुले निर्बिकल्प फेरी घर जग्गामा लगानी गर्नेछ। बिना नक्सा पास महल ठडिने छ। बाताबरणिय प्रभाब मुल्याङकन बिना काम हुनेछ। भुगर्भशास्त्र पुन एकपटक हावादारी हुनेछ। सबै ठेकेदारहरु इन्जीनियर हुनेछन्। दुइ आना जग्गामा चारतला घरको नक्सा पास हुनेछ। फेरी अर्को बैसाख १२ गते आउने छ। त्योबेला पनि अर्को ठुला भाषण र तालिको महाभुकम्प आउनेछ। सयौँ आइएनजिओहरु भुकम्प बाट बच्ने उपाय सहितको करोडौँको बाडी ल्याउनेछन्। कसैले भाग्न सिकाउलान्, कसैले खाटमुनी लुक्न सिकाउलान्, कतिका अन्तर्वाताहरु टिभिमा आउलान् , कतिका लेखहरु पत्रपत्रीकामा छापिएलान।

हल्लैहल्लाको महाभुकम्प सङ्गै एकदिन साँच्चै अर्को भुकम्प आउनेछ, भत्किनेछन् ति पुरुवा माटोका घरहरु, भत्किनेछन् ति दुइआना जग्गाको चारतले घरहरु, पुन पाल पसले धनी हुनेछ, फेरी राहतको नाममा दुइ पोका चाउचाउ बाँड्दै सेल्फी खिच्ने र फोटो खिचाउनेहरुको भिड लाग्नेछ। फेरी सरकारले अर्को तिनबर्ष भित्रमा राहत बाँड्ने घोषणा गर्नेछ। तर, तर त्यो दिन मर्नेहरुको सङ्ख्या लाखौँ हुनेछ किनकी त्यो समय सम्ममा काठमाण्डौमा खाली जमिन कहिँ हुने छैन, भाग दौडमै सबै मर्नेछन्।

फेरी किन भत्कियो त घर? किन मरे जनता? प्रश्न जरुर उठलाकि फेरी यो के भयो ? हामिले भुकम्प सुरक्षा दिवस त मनाएकै हौँ त, फेरी भुकम्प किनआयो? खै जवाफ कस्ले दिन्छ कुनी?

यो भुकम्प सुरक्षा दिवस मनाएर भुकम्पिय जोखिम कम हुने होइन। यो त हरेक दिन सचेत हुनुपर्ने कुरा हो। भुकम्प आउने तथ्य त निर्बिकल्प छ। यो आउँछ आउँछ । कहिले आउछ पो भन्न नसकेको त । अब आउँछ भन्ने थाहा भएपछी त्यो भागदौड गर्न सिकाउनेहोकि सुरक्षित कसरी रहने भनेर सिकाउने हो? भुकम्पले कसरी मार्दोरहेछ भन्ने जानेपछी त त्यो मार्ने प्रकृयाको न्युनिकरण गर्न सके त सायद सहज हुन्थ्यो होला त। संरचनालाइ कसरी बलियो र मज्बुत बनाउने भन्ने तर्फ सोच अझै किन जाँदैन सम्बन्धित सरोकार वालाको।

ए बाबा! एउता निती त चाहिएलानी त, कतिन्जेल चल्ने यसरी? भबनको भार बहनगर्ने त जमिनले हो। जमिन कती बलियो छ र त्यस्को भार बहन क्षमता कस्तो छ, उक्त जमिनमा भुकम्पको तरङ्ग प्रबाह कसरी हुन्छ? कती भुकम्प आउँदा उक्त जमिन कती हल्लिन्छ? आदिको अध्ययन गरिनु पर्यो। यो कुनै ब्यक्ती वा सँस्थाले भन्नु भन्दापनि सरकारले विशेषगरी सहरी क्षेत्र तथा बस्ती बाक्लो भएको क्षेत्र साथै बस्ती माग हुनसक्ने क्षेत्रमा स्यास्मिक हजाड नक्साहरु बनाएर्, भु स्थलगत नक्साहरु बनाएर कुन ठाउँमा कस्ता घरहरु बनाउन योग्य छ,भु उपयोग नक्शा बनाइ उपयुक्त ठाउँमा मात्र बस्ती बसाल्ने, सोही अनुसारको नक्सा मात्र पास गर्ने र गराउनुका साथै सुरक्षित घर अबधारणाहरु ल्याएर कम खर्चमा बलियो घर बनाउने प्रबिधिको बिकास तिर सरकारले ध्यान दिन सके यो भुकम्प सुरक्षा दिवस मनाउनु के आबश्यक ?

Bharat Bhandari, Tribhuvan University


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !