३ आश्विन २०८१, बिहीबार

दलित कोटामा नाम निकाल्यो भन्दैमा दलित भन्न पाइन्छ ?


दलित कोटामा नाम निकाल्दैमा दलित भन्न पाइन्छ?
“अब आएन्दा हामिलाइ दलित नभनियोस सर, यो अफिसमा धेरै भेदभाव बढेको छ, हामी दलित होइनौँ”
“किन र सर? केभयो र ? कस्ले गर्यो त्यस्तो ?”
“हिजो त्यहाँ बाहिर सबैले कुरा गर्दैथिए, त्यो दलित हो भन्दै मेरो नाम लिँदैथिए”
“मतलव के तपाइँलाइ दलित भनेर तुच्छ ब्याबहार गरियो ? या तपाइँलाइ पानी छुन दिइएन?”
“त्यस्तो होइन सर”
“अनी भएको चैँ के हो त्यो भन्नुहोस् मैले बिभागिय रुपमा गर्नसकिने कार्बाही गर्नेछु”
एउटा सरकारी अफिसमा केहिदिन अघाडी पुग्दा यस्तो संबाद सुनियो। त्यहाँ एउटा कर्मचारी आफुलाइ कसैले दलित भन्यो भनेर हाकिम कहाँ कम्प्लेन सुनाउँदै थिए ।
हाकिम साबले भने “ठिक छ, त्यसो भए जसले तपाइँलाइ त्यसो भनेको हो उनिहरुको नाम यहाँ टिपाउनुहोस्, म कुरा गर्छु”।
कपिमा दुइ चार ओटा नाम टिपाएर उनि बाटो लागे।
बिषय गज्जब लाग्यो मलाइ, लाग्योकि आज ठुलै अध्ययन हुनेभयो ।
केहिबेरपछी चारपाँच जना मान्छे सहित ति कम्ल्पेन लिखाउने कर्मचारी हाजिर भए।

“अर्कालाइ त्यत्तिकै दलित भन्न पाइन्छ? म दलित होइन बुझ्नुभो?” एक्कासी पड्किए उनि।
सन्ङ्गैका अर्काले बिस्तारै भने “तपाइँलाइ कस्ले दलित भन्यो?”
“हिजो त्यो बाहिर तपाइँले भनेको होइन ?”
अर्काले थपे “तपाइँ त्यहाँ हुनुहुन्नथ्यो, कसरी तपाइँलाइ दलित भनेको सुन्नुभो”
“म सुन्दिन र? मेरो नाम लिएर दलित भनेको हाम्लाइ थाहा छैन र?”

निकै चर्का चर्की पछी वास्तविकता खुलेर आयो। ति कर्मचारी दलित कोटामा नाम निकालेर त्यो अफिसमा हालसालै पोस्टिङ भएका रहेछन्। अफिसको ब्रेक टाइममा कर्मचारीहरु गफ गर्दा को कुन कोटामा नाम निकालेको भनेर गफ गरेका रहेछन्।

“मैले दलित कोटामा नाम निकालेँ भन्दैमा मलाइ दलित भन्न पाइन्छ?” अझै रोकिएनन् साथी।
त्यो अर्को साथिले झोकै फेरेर भनिदिए “हेर्नुस् मित्र तपाइँ दलित नभए कसरी दलित कोटामा नाम निकाल्नुभो? दलित होइन पनि भन्ने अनि दलित कोटामा जागिर चाहिँ खाने, यो कस्तो अचम्म? हेर्नुस मित्र जबसम्म सरकारले यो दलित कोटा राखिराख्छ र तपाइहरु जहिले सम्म दलित कोटामा परिरहनुहुन्छ तब सम्मको लागी तपाइँहरु दलितनै हो लजा”
फेरी अर्काले रन्किदै थपे “दलित होइन भने जानुस् यो जागिर छोड्नुस र अर्को बर्ष खुल्लामा नाम निकाल्नुस र दलित को बिल्ला फिर्ता लिनुस , हैन भने जाहाँ हुनुहुन्छ त्यहिँ मिलेर काम गर्नुस्, यो नचाहिँदो सङ्का को भरमा नकराउनुस्” ।

कुरा गहिरो छ यहाँ । कोटा चाहिन्छ तर फेरी आफु दलित हुँ भन्न चाहन्नन् उनिहरु।
बहुजाती बहुभाषिक भनेर संबिधान ले स्विकारेको पनि छ, फेरी जातियताको कुरा उठ्नुहुन्न भन्ने पनि छ। यो कस्तो अन्योलता हो राष्ट्र को। बिभेद को अन्त्य त त्यतिखेर मात्र हुन्छ जतिखेर मानिसहरुमा समानताको भावना जाग्रीत हुन्छ, समानता त्यतिखेर हुन्छ जतिखेर भाग्बण्डा र कोटा प्रणाली खारेज हुन्छ। दुर्गम तथा पिछडिएको क्षेत्रलाइ कोटा छुट्याउनु त केही हद सम्म जायज देखिन्छ तर सहरी क्षेत्रका बहुआम्दामिका श्रोत भएकाहरुलाइ कोटामा राखिरहँदा यो समस्या दोहोरी रहन सक्ने देखिन्छ। हैनभने कोटामा छानिएकाहरुले खुलस्त भन्न सक्नुपर्यो कि म यो हुँ र मेरो पहिचान यो हो भनेर नत्रभने मागिरहने अनि कस्लाइ माग्ने भनेको भनेर निहु खोजेकोजस्तो मात्र हुनेछ। सबैको जय होस् ।

भरत भण्डारी , त्रीभुवन विश्वविध्यालय किर्तिपुर । ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !