पढ्नुहोस्, पैसा जोगाउने यी तरिकाहरु

पहिलाको तुलनामा तपाईको रोजगारी वा व्यवसायमा तपाईले प्राप्त गर्ने रकम वढेपनि रकम नजोगिएर हैरान भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपाईलाई काम लाग्न सक्छ ।

पैसा जोगाउने तरिका

  • उपहार योजनाबाट नलोभिनुस् । आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् ।
  • एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ ।
  • प्रलोभनबाट बच्नुहोस् । कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।
  • खानपानको बजेटबारे ख्याल राख्नुस् । खपत गर्ने सामान मात्र खरिद गर्नुस् ।
  • सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस् । कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ ।
  • प्रयोग भइसकेका सामान किन्नुस् । यो तपाईको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित । अनावश्यक कुरा बेच्नुस ।
  • ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस् ।-एजेन्सीको सहयोगमा