काठमाडौँ । चाणक्य तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए। उनी प्लेटो र एरिस्टोटल जस्तै राजधर्मका प्रणेता, एडम स्मिथ जस्तै आर्थिक दर्शनका प्रतिपादक तथा मार्क्स जस्तै दार्शनिक थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् । उनी कुटिल रणनीतिकार समेत थिए । उनले नदवंशको नाश गरेर चन्द्रगुप्त जस्ता एक सामान्य बालकलाई उनले भारतको सम्राट नै बनाईदिए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। चाणक्य राजसी ठाटबाट भन्दा टाढा एक सानो कुटिमा बस्दथे ।
भनिन्छ नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीतिबाट प्रभावित थिए । चाणक्यले स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि छन। केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्भिक तुल्याइ दिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन । विशेष गरी स्त्री जातिका गुण-दोष, बानी व्यहोरा र महत्वका बारेमा लेखिएका केही रहस्यहरु तल दिएका छन ।
१. स्त्री
स्त्री त्यही हो जसमा सुख छ ।
२. स्त्रीहरुको विश्वास
स्त्रीहरुको कहिल्यै विश्वास गर्नुहुँदैन ।
३. स्त्रीको छनौट
दुष्ट वा राक्षस कुलको भएपनि सुन्दर र स्वभाववाली रत्नरुपी स्त्रीलाई नै रोज्नुपर्छ ।
४. स्त्रीको शक्ति
पुरुष भन्दा स्त्रीमा भोजन दुई गुणा, लज्जा चार गुणा, साहस छ गुणा र काम आठ गुणा धेरै हुन्छ ।
५. स्त्रीको दोष
असत्य बोल्नु, उत्ताउली बन्नु, छल-कपट गर्नु, मूर्ख हुनु, लोभ गर्नु, अपवित्र बन्नु र निर्दयता हुनु स्त्रीहरुका स्वाभाविक दोष हुन् ।
६. आज्ञाकारी स्त्री
जसको स्त्री इच्छा अनुसार चल्दछे तथा जुन स्त्रीले ऐश्वर्यमा सन्तोष गर्दछे उसलाई स्वर्ग यही नै हो । अर्थात राम्रो र आफुले भनेको आज्ञा मान्ने स्त्री पाएमा स्वर्ग यहि छ ।
७. कस्ता स्त्रीको बिश्वास गर्नुहुन्न
जो स्त्री अर्काको साथमा भाषण गरेर हिड्दछे, अर्कालाई विह्वल भएर हेर्दछे, ह्दयमा अर्काको चिन्ता गर्दछे त्यस्ता स्त्रीहरुको प्रीति कहिल्यै पनि एउटामा रहँदैन त्यस्ता स्त्रीहरुको बिश्वास गर्नुहुन्न ।












