२८ बर्ष अघिको घटना अझै पनि दिमागमा ताजा छ। बिनास्कारी भुकम्प र नाकाबन्दिले तहसनहस पारेको थियो नेपाली समाज। बिकास निर्माण थप्प थियो। सूचना प्रबिधीमा देखिएका आसलाग्दा सम्भाबना पनि धोस्त भएका थिए। जनजीवन भय र त्रासमा दुबेको थियो। मनिसमा सोचाइहरु साघुरिन पुगेका थिए। राजनीतिक अस्थिरता उचतम बिन्दुमा पुगेको थियो। विदेशी हस्तछेप बड्दो थियो। प्रतिभा पलायन र वैदेशिक रोजगारको चापलाई राज्यले रोक्न सकिरहेको थियन।
८ बर्ष यस्तैमा बित्यो। राजनीतिक परिवर्तन धेरै भए। यो बीचमा देश विखण्डन हुने खतराले सतायो। सविधानको अबसान हुने पिरले सतायो। अपार प्राकृतिक स्रोतहरु बेचिने डरले सतायो। अब के होला?भोली हामि कहाँ रहौला? यो शान्त नेपाल यसरी नै रहला? पृथ्वीनारायण शाह र वीर नेपालीहरुको योगदानको कदर होला? भन्ने प्रश्न सबैको मनमा थियो।
औधोगिक क्रान्ति र बौद्दिक क्रान्तिले वेलायतमा नयाँ युगको सिर्जना भयो। महात्मा गान्धी नेत्रित्वको शान्तिपूर्ण आन्दोलनले भारत स्वतन्त्र भयो। यहाँ पनि औधोगिक क्रान्ति, बौद्दिक क्रान्ति, सूचना क्रान्ति र नेपाली उत्पादन क्रान्तिको आवश्यकता महशुस भयो। फलत:सामाजिक युवा सन्जाल, उर्जाशिल नेपाली लगायतले क्रान्तिको सुरुवात गर्ने निर्णय गरे।
“नेपाली उत्पादन क्रान्ति” लाई सामाजिक सन्जालमार्फत देशभर फैलाउने कामको सुरुवात भयो। सुरुमा बिदेश्बाट आयात गरिएका कृषिजन्न्य सामान बहिस्कार गर्ने निर्णय भयो। मानिसहरु भोकै बसे तर बिदेसी उत्पादन प्रयोग गरेनन। युवाहरुको यो प्रयासलाई पछी अरुले समेत साथ दिए। जुम्ला र मुस्ताङका स्याउले बजार पाए। ईलामको चिया, गुल्मीको कफी, सल्यानको अदुवा, पूर्वको अलैची र हिमालको यर्सागुम्बा खेर गयनन।
विस्तारै यो प्रयोग नेपाली कपडा, जुत्ता, भाडाकुडा,दैनिक प्रयोग र प्रविधिका सामानमा समेत हुन थाल्यो। नेपाली युवा वैज्ञानीकहरुले प्राविधिक सामानहरु टर्च, बल्ब, टेलिभिजन, कम्प्युटर लगायतको घरेलु उत्पादनलाई जोड दिए। स्वोदेशी वस्तुको प्रयोग गर्ने र आत्मनिर्भर बन्ने भन्ने कुराको लहर चल्ल्यो।
कृषि छेत्रको उत्पादन बृद्दी भयो। उत्पादनले राम्रै बजार पायो। पशुपालन फस्टायो। पर्यटन व्यवसाय राम्रो भयो। उध्योग धन्दाहरुको बृदि भयो। सूचना प्रविधी र प्रविधिक शिक्षाले स्थान पायो। विविध छेत्रमा रोजगारिका अवसर सिर्जना भए। बैदेशिक रोजगारिमा जानेहरुको चाप घट्न थाल्यो। शैक्षिक बेरोजगारी घट्यो। रिसर्च सेन्टरहरु खोलिए। वैज्ञानीक प्रयोगशाला बनाइए।
समय बित्दै गयो। बिकास निर्माणले छलाङ मार्यो। भू-उपग्रह, मेट्रो रेल, पुर्व-पश्चिम रेल,चीन- नेपाल- भारत रेलवे, मिनि रेलवे, केवलकारहरु, हिमाली छेत्रका सुरुङ्मार्गहरु,ठुला जलविधुत आयोजना, तिब्र गतिको ईन्टरनेट, अनुसन्धान केन्द्र, कलकारखाना लगायतमा उल्लेख्य प्रगती भयो। पञ्चेश्वर परियोजनाबाट उत्पादित जलविधुतले भारत र चीनका धेरै शहर उज्यालो भए। तराइका समथर भू-भाग सिन्चित भए।
नेपाली Research Centre मा वैज्ञानीकहरु समेत आउन लागे। नगरकोटमा खगोलशास्त्र सम्बन्धी अध्ययन केन्द्र खोलियो। नेपाली युवा वैज्ञानीकहरुले उत्पादन गरेका super LED बल्ब, micro computer ,Nepali Robert आदिले विस्वको ध्यान खिच्यो। जदिबुटी अन्वेषण सँगै ठाउँ ठाउमा औषधी उत्पादन केन्द्र खोलियो। नेपाली औषधीले विस्व बजार ततायो। खनिज उत्खनन र प्रसोधनको काम अगाडि बढ्यो। नेपालको युरेनियम अमेरिका, चीन ,इन्डिया र युरोपमा बिक्री हुन थाल्यो। यहाँको कफी र चिया नहुँदा युरोपका कतिपय देशमा बिहानी हुँदैन। नेपालकै जडिबुटिले एच. आइ. भि. र क्यन्सर विरुद्दको रोग निको गर्यो। जिका भाईरस विरुद्दको औषधी तयार भयो।
आखिर परिस्थिती अनुकुल भयो भने बिकास ले गती लिन समय नलाग्ने रहेछ। अहिले विस्वकै पहिलो मानिने स्काइ रेल्वे को काम पुरा हुन लागेको छ। मंगल् ग्रहमा सगरमाथा र चन्द्रमामा लुम्बिनी नामक अन्तरिछ यान पठाउने कार्यमा वैज्ञानीकहरु लागिपरेका छन। नेपाली भौतिकशस्त्रीहरुले अध्ययन गरिरहेको human transfer प्रबिधी सफल भयमा विस्वकै पहिलो हुनेछ, जसले विज्ञानको जगतमा तहल्का पिट्नेछ। यसमा जडित प्रणालीमा प्रवेश गर्ने व्यक्ती विस्वको जुनसुकै कुनामा पुगेको अनुभब गर्नेछ।
२० बर्ष पहिले अमेरिका जान नेपाली लाई जती असहज थियो त्यो भन्दा बढी अहिले अरु देशबाट नेपाल आउन रहेको अनुमान गर्न सकिन्छ। केही व्यक्तीहरु भन्छन, यो परिवर्तन प्रत्यछ निर्वाचित राष्ट्रपती कार्यकारी हुने व्यबस्था सँगै भएको हो। युवाहरु भन्छन, यो नेपालीहरुको शाहस, जोश र एकताले गर्दा सम्भव भएको हो। जे जसरी भएपनी आखिर नेपाल बन्यो। सार्कमा नेपाल, भारत र चीन को योगदान बराबर छ अहिले।
विस्वको सबैभन्दा अग्लो स्थानमा रहेको पुस्तकालय ‘मुस्ताङ अन्तरराष्ट्रिय पुस्तकालय’ बाट ९८% साछरता, ८० बर्ष औसत उमेर, ०. ९ मानव बिकास सुचकाङ्क भएको बिकसित नेपालको गुणगान गाउन पाउदा म आफुलाई भाग्यमानी ठानिरहेको छु।