कुनै कुरा अध्ययन गरिसकेपछी कि बुझिन्छ कि बुझिन्न। यो ध्रुब शत्य कुरा हो। पढेपछी बुझ्नैपर्छ भन्ने छैन। तर बुझ्दा राम्रो। यहाँ प्रशङ्ग केहो भने वेद र बिज्ञान को। दुबै उस्तै हुन्। पढ्न सकिन्छ तर बुझ्न अलिक मेहिनत नै गर्नुपर्छ । एक जना बुज्रुक ले मलाइ सोध्नु भयो
“कहाँ छ त वेद र बिज्ञानको सम्बन्ध? के वेदमा बिज्ञान भेटीन्छ ?”
“छैन, वेदमा बिज्ञान छँदै छैन”, मैले भनेँ।
“अनी किन वेदबाट बिज्ञान बनेको भनेर गफ हान्छन् त मानिसहरु?”
“खै किन भने ?”
“अनी वेद हो चैँ के? त्यहाँ के छ त्यस्तो?” बढो फरक तरिकाले सोधे उन्ले।
“अस्ती एउटा बच्चा जन्मिदा डाक्टर भएर जन्मिएछ, जन्मिदै सेतो कोट लगाएर गलामा स्टेथोस्कोप भिरेको रहेछ बच्चाले” मैले पनि भनिदिएँ।
“हँ! के हावा गफ दिएको फेरी? खुस्कियोकी के हो माड्साब?” दङ्ग पर्दै सोधे उन्ले ।
“किन र बच्चा जन्मदा डाक्टर हुन सक्दैन?”
“जन्मदै कोही डाक्टर हुन्छ? डाक्टर हुनलाइ त पढ्नु पर्यो नी!!”
“सही कुरा मित्र! सोह्रै आना सहि!! नपढी कोही केही बन्न सक्तैन, तर कोही नपढिकन पनि बन्न सक्छन्, कामले अनुभवले, देखेर, सिकेर”।
“वेद पनि पहिला अध्ययन गर्नुस् अनि खोजी गर्नुस्, बुझ्ने कोसिस गर्नुस्, वेदले बिज्ञान जन्माएको होइन, वेद र बिज्ञान दुबै थिए, तिनका अस्तित्व यो ब्रम्हाण्डमा थिए, छन् र हुनेछन्, तर भन्न खोजेको कुरा यो हो कि वेद भित्र बिज्ञान छ किनकी वेद सनातन छ, त्यसलाइ खोजी गरौँ र प्रमाणित गर्न खोजौँ, बिज्ञान प्राप्त हुनेछ”।
मित्रको बहुमुल्य प्रश्न पश्चात मैले चारै वेदका प्रमुख बिज्ञान सम्मत विचारहरुलाइ नेपालीमा प्रस्तुत गरेको छु। सबै प्रस्तुत गर्न त एकै चोटी सम्भभ छैन। केही सामन्य सबैले बुझ्नसक्ने कुराहरु यहाँ प्रस्तुत गरेको छु।
अथर्ववेद १२ ।१ ।२६-
“शिला भुमिरश्मा पासु सा भुमि:सम्धृता घृता ।
तस्यै हिरण्यबक्षसे पृथिव्या अन्कर नम: । ।”
“धर्तिको सतहमा धुलो, ढुङ्गाका टुक्राहरु र पथ्थरहरु छन् र उसको गर्भमा स्वर्ण, रत्न र बहुमुल्य खनिज पदार्थ छ, त्यस्तो धर्तीमातालाइ हामी प्रणाम गर्दछौँ”। पृथ्बीको गर्भमा भुमुल्य धातु रहेको कुरा देखाउँछ । सिधा अर्था पढ्दा यस श्लोकमा खासै केही बिज्ञानका कुरा देखीँदैन ।
ऋग्वेद ४ ।५८ ।११
“धामन्ते बिश्वोम भुवनमधी शृत्मन्त्:समुद्रेहध्१न्तरयुषी ।
अपामनिके समिथे य आभृतस्तमश्याम मधुमन्त त उर्मिम । ।
अर्थात :- ”हे परमात्मा ! तपाईंको तेज समुद्रको बीचमा बडवाग्नीका रुपमा, आकाशमा सूर्यदेवका रुपमा, हृदय बीचमा वैश्वानरका रुपमा, अन्नमा प्राणको रुपमा, जलमा बिध्युत(बिजुलि, electricity) का रुपमा, तथा युद्धमा शौर्याग्नीका रुपमा विद्यमान छ। समस्त लोक तपाईंमा आश्रित छ। तपाईंको त्यो मिठास रसको उपयोग गर्न हामी समर्थ हौँ।”
मथिको श्लोकमा पानी लाइ बिजुलीको शक्तीको रुपमा रुपान्तरण गर्न सकिने कुरा उल्लेख छ।
अथर्बवेद ४ ।१५ ।६
“त्वोया शृस्टम बहुल्मैतु बर्षमाशारैषी कृशगुरेत्वोस्तम्” ।
अर्थात् ” हे पर्जन्यदेव ! गड्गडाहट गर्जनाबाट युक्त भएर औषधिरुप वनस्पतिमा गर्भ स्थापित गर्नुहाेस्।”
बिजुली चम्केर मेघ गर्जिएर बर्षात हुँदा वायुमण्डलमा रहेको नाइट्रोजन पानी सङ्गै जमिनमा आउछ र जमिन नाइट्रोजन यौगिक युक्त हुन्छ, जमिन उर्बर हुन्छ । यहाँ नाइट्रोजन साइकलको कुरा गरिएकोछ ।
सामवेद ६ ।५ ।१४
सप्त त्वा हरिते रथो बहन्ती देव सुर्य ।
शोचिष्केशम् बिचक्षण । ।
अर्थत्,:- ” हे प्रकाशक सूर्यदेव ! सुद्ध गर्ने सात रङको सात किरणले तपाईंको रथलाई लिएर जान्छ ।”
प्रस्ट रुपमा के भनेको छ भने सूर्यमा विशेष गरी सात प्रकारका रङ हुन्छन् ।
सुर्यबाट आएको प्रकासलाइ प्रीज्मबाट पठाउने हो भने सात रङ्गमा परिणत हुन्छ।
सामवेद २ ।१ ।३
गाव उप बदावटे मही यज्ञस्य रप्सुदा ।
उभा कर्णा हिरण्यया । ।
अर्थात:- ” सूर्यको किरण यज्ञार्थ स्थित, त्यसले पृथ्वीलाई यज्ञीय रुप प्रदान गर्नेछ, जसको दुर्इ छेउ चम्किलो छ।
यहँ दुइ छेउ भन्नाले दुइ ध्रुब (उत्तरी र दछिणी ध्रुब) बुझिन्छ भने चम्किलो भन्नाले चुम्बकिय तरङ्ग भन्ने बुझिन्छ। यसरी दुइ चुम्बकीय ध्रुब बिच चुम्बकीय तरङ्ग बहन्छ भन्ने कुरा स्पस्ट छ ।
जल चक्र (वाटर साइकल्) का कुरा वेदमा जताततै भेटिन्छ ।
ऋग्वेद १ ।१६४ ।५१- “जल तातेर माथी उठ्छ र बर्षा को रुपमा तल आउछ ।”
ऋग्वेद १ ।१६४ ।४२- ” सुर्यका किरणले जलधारा बग्दछन ।”
ऋग्वेद १ ।२२ ।६ – ” हे ऋत्विक! हाम्रा रक्षाका लागी तिमी सवितादेवलाई(सुर्य) स्तुती गर । हामी सवितादेवका लागी सोमयोगादि कर्म सम्पन्न गर्न चाहन्छौ । ति सविता देवले जल सुकायर फेरी बर्साउछन ।”
यि त भये सामान्य कुरा। वेद मा त्यस्ता धेरै बिज्ञान छन्। यो यस्तो उस्तो भन्नु भन्दा पनि अध्ययन गरेर प्रयोग वा सिद्द गर्नतिर लाग्ने हो भने वेद अथाह बिज्ञान को भण्डार हो । यसरी वेद एउटा पुरानो ग्रन्थ हो । यो कुन धर्म को ग्रन्था भन्नु भन्दापनि यसलाइ राम्रो सङ्ग बुझेर अध्ययन गर्ने हो भने हामिले यो आधुनिक युगमा अझै धेरै असम्भव काम लाइ पनि सम्भव भनाउन सक्छौँ र अझै धेरै विज्ञानका आविश्कार गर्न सक्छौँ ।
बिज्ञानको बिध्यार्थी भएकोले नेपाली शुद्दा-शुद्धीमा क्षमा दिनुहुनेछ, आशा गर्दछु । भरत भण्डारी, त्रीभुवन विश्वविध्यालय