२० पुस २०८१, शनिबार

ए हजुर ! महिलाहरुलाइ दिदी भन्दा किन रिसाउँछन् हँ ?


“दिदी! फर्म भर्ने म्याद कहिले सम्म छ?” रिसेप्सनमा बसेकी एक महिलालाइ सोधेँ।
“को दिदी? कस्को दिदी? तेत्रो मान्छे भएर दिदी भन्ने अर्कालाइ?” सातो लिइन् तिनीले।
अचम्म लाग्यो मलाइ। हैन दिदी भन्दा रिस चाहीँ किन उठ्या होला तिनीलाइ?
ए हजुर ! महिलाहरुलाइ दिदी भन्दा किन रिसाउँछन् हँ?

“अब के भनौँ त हजुर ? महिलालाइ दाजु भन्न भएन केरे ?”अलि हाँसेर भनिदिएँ।
“कस्ले दाजु भन्नु भनेको छ त ? कार्यालयको कर्मचारीलाइ दिदी भनेर बोलाउँछन्?”
“सरी म्याडम्” मैले गल्ती स्विकारेँ,दिदी भनेर बोलाउनु सही थियो कि गलत थाहा भएन तर पनि मैले सरी चैँ मागिदिएँ।
“हैन यो मान्छे त निकै ओबर पो भारेछ, जथाभाबी भन्छ बा!” झन् पो रिसाइन् तिनी त।

“हैन कसरी ओभर भएँ त म? मैले के गल्ती गर्या छ र?” म अल्ली नरम भएर भनेँ।
अली परकी एक महिला नजिक आएर भनिन् ” अनि बिहे नभाको केटीलाइ दिदी भन्ने त?”
हँ? कुरो त्यस्तो पो रछ? त्यो त ठिक छ, म्याडम भन्दा किन रिसाको त त्यसो भए ?
“कस्तो हो यो मान्छे ? म्याडम् कस्लाइ भन्ने र मिस कस्लाइ भन्ने थाहा छैनकी के हो ?” झन् पो चर्कीइन त तिनी त।
“मैले कुरा बुझेँ,सबै बुझेँ, अब यो भन्दा बढी के बुझ्नु र ? सरी है मिस, रीयल मै मलाइ यो कुरा थाहा थिएन कि कस्लाइ मिस भन्ने र कस्लाइ म्याडम?

“आइन्दा एस्तो उल्टा सिधा कुरा नगर्ने, बुझ्नु भो ?” सम्झाइन उनिले। प्राय सँधै देखिरहेको महिला त्यो दिन कहिलेको रिस फेरिन कुन्नी थाहा पाउन गार्हो पर्यो मलाइ ।
करिव तिन बर्ष पछी एक दिन एउटा काम परेर छिरेको थिएँ त्यही अफिसमा, भित्र छिर्ने बित्तिकै एउटा महिला बोलिन्
“केही काम थियो कि भाई ?”

मुन्टो फर्काएर महिला तिर हेरेको त तिन छक पो भइयो त। तिनी त दिदी भन्दा बेसरी रिसाएकी त्यही पुरानै महिला पो रहिछन्।
कस्तो अचम्म? पहिले दिदी भन्दा रिसाइन्, अहिले आफैँ भाई भन्छन्,खै? मैले त कुरा बुझ्न सकिन।
पुरानै कुरा सम्झिएर फेरी एक पटक त्यही प्रश्न सोधेँ,
“दिदी! फर्म भर्ने डेट कहिले सम्म छ?” पुलुक्क हेरेर उनिले भनिन् “फ्राइडे सम्म हो”।

मैले हाँसेर भनिदिएँ “ओहो म्याडम्! बहिनी बाट दिदिमा प्रोमोसन हुनु भएको मा बधाइ छ”।
मोबाइल डाएल गरिरहेकी उनिले हेलो भन्दै कुरा गरिन् “अनि छोरो रोएको छकी छैन? राम्रो सङ्ग हेर्नु ल! म अल्ली ढिला हुन्छ।”
त्यो दिन देखी मेरो मनमा एउटा प्रश्न उब्जिरहेको छ “किन महिलाहरु बिबाह अघी बहिनी अनि बिबाह पछी दिदी हुन चाहन्छन्? यहाँहरुलाइ जानकारी भए प्रतिकृया पाउँहै हजुर!
भरत भण्डारी
त्रीभुवन विश्वविध्यालय, किर्तीपुर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !