९ असार २०८१, आइतबार

अनन्त ज्ञान कोच्ने मस्तिस्क चाहियो


diwakar-sigdel

ब्लग लेख्नुमा मजा बेग्लै छ हेर्नुहोस | कुरैकुरामा फ्याट्ट भिडियो राख्न पनि पाइने | तपाइलाई फेसबुक तिर आउने समाचारका ब्लग र वेबसाइटले हैरान बनायो होला हैन ? चिन्त्ता नगर्नुहॊस | अहिले मिडियामा असार-साउन छाएको छ | सबैलाई केहिन केहि गरौ जस्तो भएको छ | सबैका हातमा मोबाइल छन | कसैलाई कविता फुर्छ , कसैलाई गाली फ़ुर्छ | फेसबुक खोल्यो स्टाटस लेख्यो | यहि हुलमुलमा यो ब्लग पनि आइपुग्यो |

तपाइलाई माथिको शिर्षक देखेर यो कुनचाही बहुलायो भन्ने लाग्यो होला हैन ? एकछिन धैर्य धारण गर्नुहोस | कुनै समय थियो, भानुभक्त्तले रामायण नेपाली भाषामा उल्था गर्नाले घर-घरमा रामायण पुगे | यो ब्लगर तेती मेहनती चाहि अवस्य छैन , तर के कुरामा विश्वास राख्छ भने यस प्रकृतीलाई बुज्ने भाषा अत्यन्त सरल हुनुपर्छ | आज-भोलि बिज्ञानमा प्रयोग भएका गणित किन एती जटिल छन् ? यसको उत्तर हो मानब मस्तिस्क वास्तावमै अपाङ्ग छ | डार्बिनको क्रमबिकासको सिद्दान्त त सुन्नु भएकै होला | प्रकृतीले उत्तम मस्तिस्कको निर्माण सुरुगरेको करोडौ वर्ष भैसक्यो | यो अझै पनि विकासकै क्रममा छ | हामी भन्दा अलि कम बिकसित रेप्टेलियनका मस्तिस्कका सतह अलि चिप्ला हुन्छन | मानब मस्तिस्क भने एउटा ठूलो टाबेललाई कचौरामा कोची-कोची खादेजस्तो फोल्डनै फोल्ड परेको छ | किन तेस्तो भो भन्नुहोला भने खप्परको आकार बढेन तर दिमागले पुस्तैपिच्छे ज्ञान-गुन सिकेको सिकै छ | जति सिप, कला र ज्ञानगुन सिक्छ तेती फोल्ड पर्दै जान्छ | बिचित्र छैन त ? तैपनि गणितको मामलामा अपाङ्ग चाई नभनिहालेको भए हुन्थ्यो भन्ने लाग्यो होला होइन ? होइन यो समय को मानब मस्तिस्क अपाङ्ग नै हो हेर्नुस | मानब ले एक-एक लजिकल लेबल पार गर्दै ठेली का ठेली गणित बनाउदै बसिराको छ | कतै बिर्सिहाल्छ कि भनेर दोहोर्याको दोहोर्याई पनि छ बिचरा | अहिले ठूल्ठूला थ्योरी बनाउन अनेक प्रकारका गणित र कम्प्युटर अल्गोरिदम का सहायता लिनुपरेको छ | एस्तो पारा पूर्ण रुपमा बिकसित भैनसकेको अर्ध-बिकसित मस्तिस्कको त हो नि ! कस्तो हुन्छ होला त्यो पूर्ण बिकसित मस्तिस्क ? कति फोल्डका फोल्ड अटाउने होला यो सानो खप्परमा ! कुरै त हो ! तपाई हाम्लाई कुरा गर्न कले छेक्या छ र हैन ? आउनुहोस ख्याल ख्यालमै हामी अनौठा बैज्ञानिक चिन्तन तिर लागौ |

उन्यू
यो उन्यूको जस्तो देखिने पात लाइ हेर्नुहोस | एसका ससाना पातलाई ध्यान दिएर हेर्नुहोस | यो पातमा पनि गणित छ भन्ने कुनै भेउ पाउनु भो कि ? ती ससाना पात पनि ठूलो पात जस्तै देखिन्छ | फेरी ती ससाना पात भित्र का अझ मसिना पातलाई हेर्नुहोस | ती पनि ठूलो पात जस्तै देखिन्छन | यसरी जति सूक्ष्म दुरीमा जादा पनि आकृती दोहोरिदै जाने गणितीय गुणलाई “नाप-अनिर्भर्ता” ( Scale Invariance ) भनिन्छ | यो पातको चित्र कम्प्युटर प्रोग्रामिङ्ग बाट तेही नाप-अनिर्भर अल्गोरिदम प्रयोग गरेर निर्माण गर्न सकिन्छ | आजको छलफलमा म यहि नाप-अनिर्भर्ताको अनन्त ज्ञान अटने मस्तिस्क संग के सम्बन्ध छ भनेर गुणगान गाउने छु |

आधुनिक बिज्ञान यस प्रकृतीलाई बुझ्ने क्रममा विभिन्न सूक्ष्म तह पार गर्दै निराकार शून्य सम्म पुगेको छ | अर्को तर्फ त्यही निराकार शून्य बाट उठेको पत्रै पत्र भएको पुष्पदल जस्तो (सब-एटोमिक,एटोमिक,मोलिकुलार इ.) देखिने प्रकृतीले कुन उचाइमा आइपुगेर ‘पुरुष’ अथवा ‘चैतन्य’ लाई प्रतिस्थापन गर्दछ भन्ने कुरा अर्को रुचिको बिषय हो | कुरो म तेही अनन्त ज्ञान अटनेवाला मस्तिस्कबाट सुरु गर्छु | कस्तो हुनुपर्छ होला त्यो मस्तिस्क ? तपाइलाई लाग्दै होला त्यो मस्तिस्क एउटा घर जत्रो हुनुपर्छ र तेस्मा अनगिन्ति फोल्ड नै फोल्ड पर्नु पर्छ | कुरो सहि हो ! तर त्यो मस्तिस्क पनि एउटा लिमिट पार गरेपछि कम्जोर ठहरिन सक्छ | उसोभए पृथिबी जत्रो मस्तिस्क, लौ जा ! होइन होइन ग्यालेक्शि जत्रो मस्तिस्क ! र अन्त्यमा भन्नुहोला ब्रम्हाण्ड जत्रै मस्तिस्क ! हो कुरो यहि हो ! अनन्त ज्ञान अटने मस्तिस्क ब्रम्हाण्ड स्वयम् हो ! तेसैलाई त परब्रह्मा भनिएको हो ! तपाइँलाई अलि बढीनै गफ दे जस्तो लाग्यो ? यो तलको भिडियो हेर्नुहोस ! ब्रम्हाण्डका ग्यालेक्शिहरु एक आपसमा मिलेर मानब मस्तिस्कमा पाइने न्युरोनका त्यान्द्रा जस्तै बनोटमा बसेका छन् |

उसोभए हाम्रा अपाङ्ग भनिएका मस्तिस्क चै के हुन् ? पिपलको बिशाल रुखलाई हेर्नुहोस | पिपलको सानो दानो देख्नुभएको छ ? त्यो दानो भित्र माटोलाई बिशाल रुखमा बदल्ने क्षमता छ | हो तेस्तै हाम्रा मस्तिस्कमा पनि असिमित सम्भाबना चै छ है | “अहम ब्रम्हास्मी !” भनेको पनि सुन्नुभएकै छ होला | यो भनेको के भन्नुहोला भने हामीले हाम्रो पिलन्धरे मस्तिस्कलाई ग्रो गर्नु पर्यो | एउटा पिपलको दानो ले माटोलाई रुखमा बदले जस्तै यो सानो मस्तिस्कलाई ब्रम्हाडिय मस्तिस्कमा बदल्नु पर्यो | कसरी होला ? म आफैलाई थाहा छैन हेर्नुस | बुद्ध जस्ता महान मानब पनि यै प्रकृतीले जन्माएकी हुन् | असम्भब चै छैन होला ! फेरी तपाई घरबार छोडेर चै नहिड्नुस है | तेस्को लागि म जिमेवार छैन |

मसंग अर्को उपाय पनि छ | मैले अघि उन्यू को पात देखाएर “नाप-अनिर्भर्ता” ( Scale Invariance ) को कुरा गर्दै थिए | यो सानो खप्पर भित्रै सारा ब्रम्हज्ञान अटाउने प्रयास गर्दा के उपाय चाहिएला ? तेस्को लागि हाम्रा मस्तिस्क बनेको पदार्थ ले भ्याउदैन ! फेरी ब्रम्हाण्ड जत्रै मस्तिस्क चाहिन्छ | एउटा भर्चुअल मस्तिस्क को परिकल्पना गर्न सकिन्छ | जसमा जति सानो दुरीमा जादापनी उस्तै आकृति दोहोरिदै जान्छ | उदाहरण को लागि तलको भिडियो हेर्नुस है |

तेस्तो भर्चुअल मस्तिस्क मा अनन्त इन्फोर्मेशन राक्न सकिन्छ | तेस्तो भर्चुअल मस्तिस्क बनाउने कसरी ? आर्टिफिसीयल इनटिलिजेंस (AI) त सुन्नु भएको होला | यसमा लाखौ कम्प्युटरलाइ तारताम्य मिलाएर केहि गहिराई सम्म जाने भर्चुअल मस्तिस्क चाहि बनाउने प्रयास होला आउदा दिनमा | ब्रम्हाडिय पदार्थ को निर्माणकै बेला नाप-अनिर्भर्ताको गुण ब्रेक भैसकेको हुनाले यही पदार्थ को प्रयोग बाट बनेका कम्प्युटरले पनि पूर्णतया अनन्त ज्ञान अट्ने मस्तिस्क भने बनाउन सक्दैनन् | कम्प्युटरका काम गराइमा एक-आपसमा तारताम्य (Coherence) सम्भब हुने भएकाले यो जादु केहि हदसम्म सम्भब छ र गणितका मामलामा हाम्रा मस्तिस्क भन्दा कयौगुणा क्षमतावान हुन सक्छन

दिवाकर सिग्देलको विज्ञानका कुरा बाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !