“अरु कुरा थाहा छैन, खुरुक्क सफा गर्नुस् यो फोहर, हस्पिटलमा जहाँ पायो त्यहिँ फोहर गर्न पाइन्छ?” एउटा मोटी महिला उन्को छेवैमा आएर कराइ।
“उस्ले जानी जानी गरेको होइन त हजुर! बिरामी छ के गर्ने?”
“बिरामी भन्दैमा जेपनि गर्न पाइन्छ? एस्ता बिरामी अरुपनि छन् यहाँ”
“भैगो हजुर मै सफा गरी दिन्छु”।
करिब तिन बजे दिउसो काठमाण्डौको एउटा सरकारी हस्पीटलमा बिरामी भेट्न जाँदा यस्तो सम्बाद सुनियो।
“उस्लाइ खास के भएको हो ?” बिरामीको बाबु लाइ सोधेँ ।
“खै म के जानु? म डाक्टर होइन,डाक्टर लाइ भेट्न पाइएन, हेर्नुस्न इ, एहि भएको, कहाँ बाट फेर्ने र कहाँबाट छेर्ने थाहा छैन यस्लाइ, तिन घन्टा देखी एस्तै छ।”
करिब १७-१८ बर्षको एउटा केटोले हस्पिटलको ओइटिङ कक्षमा भमिट गरिदिएछ, आधा घन्टा देखी इमर्जेन्सिमा पालो कुरेका बिरामिको बाबु हैरान छन् , उता छोरो छट्पटी गरिराको छ, उता हस्पिटलको मोटी महिला कड्किँदै छिन्, इमर्जेन्सिमा बेड छैन, अनुनय गर्दा पनि भित्र छिर्न दिएनरे, अनि फेरी फोहर गर्यो भनेर किना कराएको होला? गलिसकेको बिरामी रेस्ट रुम जान पनि सक्दैन, बाबुलाइ छोरो सम्हाल्न गाह्रो परिराछ, उनि एक्लै छन्, कठै! बरा! भन्ने हरु चैँ भिडै थिए, तर उनि एक्लो थिए।
हामिले जबर्जस्ती गरेर पेलेपछी उन्लाइ बल्ल टिकट मिल्यो । छोरालाइ इमर्जेन्सीको बेडमा सुताएर छोराको शरिरमा सलाइन चडाए पछी बुडाको शरिरमा पसिना कम भयो।
“एक्लै हुनुहुँदोरेछ, गार्हो भयो नी!” माहोल बुझेर कुरा खोलेँ मैले ।
“एक्लै जन्मेको हुँ, एक्लै मर्छु बाबु!” बिरक्तिए बुढा ।
“घरमा अरु को हुनुहुन्छ त?”
“कोही छैन, यही छोरो र म हो, यो जन्मेको आठ महिनामा एस्को आमा यही अस्पताल मा मरी” टाउको मा हात राख्दै भने उन्ले ।
“के भएको थियो?”
“खै? रोगै पत्ता लागेन भन्थे डाक्टर ले।”
“छोरोचैँ कहिले देखी बिरामी नि?”
“दुइ महिना भयो, सँधै यस्तै हो, के भाको हो पत्ता लगाएन डाक्टरले”
“के भन्छन् त डाक्टरले ?”
“सबै ठिक छ भन्छ, भाको जती सबै सकियो, लाने काँ? गर्ने के? भन्ने कस्लाइ? अब त आसै मरी सक्यो” सन्नाटा छायो वरिपरी ।
बिरामी छोरा बेडबाट बाबु चैँ लाइ हेर्दै आँशु झारिरहेको थियो।
प्राय हरेक दिन यो घटना घटना घटीरहन्छ हाम्रो देशमा। अस्पतालको गेटमा पुगेर पनि मृत्युको मुखमा पसेका उदाहरणहरु थुप्रै छन् यहाँ।
अब प्रश्न उठ्छ कि “जिम्मेवार को हो त?” दायित्व कस्को हो? जनताको कि सम्बन्धित निकायको? गर्ने कस्ले? यीनै बिबिध प्रश्न को सेरोफेरोमा भौँतारिँदै गर्दा आजकल हरेक दिन आएका समाचारले झन् दिमाग खल्बल्याएको छ। कहिले नेताज्यु लाइ उपचार खर्छ त कहिले साँसद हरुको सुबिधामा बृद्धी। हैन यि साँसद को हुन्? यिनिहरुले राष्ट्रलाइ के दिएका छन्? यिनिहरुलाइ यत्रो सुबिधा किन दिनुपर्ने?
अनी त्यो उपचार नपाएर मर्ने हरु चैँ को हुन् ? दैनिक गाँस बास र कपासको पहुँच बाट बन्चीत आम जनता को हुन्? खै केही बुझ्न सकिएन।