३ फाल्गुन २०८२, आइतबार

हरेक मानिसले बुझ्नै पर्ने श्रीमद्भगवद्गीताका दुइ श्लोक र त्यसको अर्थ


shree krishna

हरेक मानिसले बुझ्नै पर्ने श्रीमद्भगवद्गीताका दुइ श्लोक र त्यसको अर्थ
ध्यायतो विषयान्पुंस: संङ्गस्तेषुपजायते ।
संङ्गत्सञ्जायते काम:कामात्क्रोधोभिजाएत्ते ।।६२।।

क्रोधाद् भबति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम:
स्मृति भ्रंशात् बुद्धिनाशो बुद्धिनाशात्प्रणस्थति।।६३।।

जो ब्यक्ती आफ्नो इन्दृयहरुलाइ आफ्नो बसमा राख्न सक्दैन र आफैँ इन्दृयहरुको बसमा पर्दछ, त्यस्तो ब्यक्ती इन्दृय(नाक, कान,आँखा, जिब्रो र छाला) हरुको अवश्यक्ताको बिषयहरुको चिन्तन गर्न थाल्दछ। आँखाले कुनै राम्रो चिज देखेपछी उ तिनै बिषयमा आसक्त हुन्छ। त्यो चिज प्रतिको सामिप्यता बढ्दछ या भनौँ आकर्षण बढ्दछ, उ नजिक बन्न खोज्दछ।

हरेक इन्दृयहरुमा आसक्ति उत्पन्न हुन्छ। हरदिन उ त्यो चिज प्रतीको आकर्षणले शिथिल हुन्छ। आकर्षणले बिस्तारै प्राप्तिको इच्छा या काम उत्पन्न हुन्छ। आफ्नो इच्छा प्राप्तिको लागी उ हरक्षण भौँतारिन्छ।

यदी इच्छा प्राप्ती भएन भने उस्मा क्रोध (रिस्) उत्पन्न हुन्छ। क्रोधले मानिसलाइ जलाउँछ,सिथिल बनाउँछ। क्रोधले मानिसमा मोह उत्पन्न गर्छ। मोह भन्नाले लठ्ठ पर्नु, समर्पित हुनु, बेहोसी बन्नु, सबै तन मन धन सोही बिषयको प्राप्तिमा लगाउनु हो। त्यसरी आफ्नो सारा मस्तिष्कको लगाव सो बिषयमा लागाउँदा स्मरण शक्ती नष्ट भएर जान्छ। सम्झने शक्ती पलायन हुन्छ। कुनै कुराको हेक्का हुँदैन। अब के गर्ने, मेरो भोलिको काम के हो? कुनै चिजको संझना रहँदैन । के सही के गलत, को आफ्नो को पराइ, को नजिक को टाढा, केही छुट्याउन सक्तैन। त्यसपछी उस्को बुद्धी नाश भएर जान्छ। बुद्धी बिनाश भएपछी उस्ले अप्राकृतिक कार्य गर्न थाल्दछ र मानिसको बिनास हुन्छ।

जिवनको वास्तविक्ता पनि यही हो। आज दिन दिनै बढिरहेको चोरी, हिंम्सा, बलात्कार, लुट्पाट, युद्ध, हत्या, आतंक आदी जेजती खराब कार्य मानिसहरुले गर्दै छन्, यो सबै मानिसहरुको बुद्धी नस्ट भएरनै हो। धन प्रतिको मोहले चोरी लुटपाट बढेको छ, कामबासनाको मोहले बलात्कार बढेकोछ,शक्तीको मोहले युद्ध भइरहेको छ। रिसलाइ नियन्त्रण गर्न नसक्दा हत्या बढेको छ, झगडा बढेको छ। आज विश्वनै असान्त र हिंसा बाट आक्रान्त छ। धनी राष्ट्रहरुको शक्तीको होड्बाजीले प्रथम र दोश्रो विश्व युद्ध जस्ता भयङ्कर बिनाशकारी युद्धहरुको सामना विश्वले गरिसकेको छ। मानिसमा पाप, अधर्म, इर्श्या, लोभ, मोह , दिन प्रतिदिन बढ्दै छ। बिज्ञानको प्रमाण पनि यही हो । यहाँ कुनै परिक्षणको जरुरी छैन किनकी योत सिद्द भइसकेको छ। यो बिज्ञान सम्बत् छ।

भरत भण्डारी, त्रीभुवन विश्वाविध्यालय,किर्तिपुर।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !