“मलाइ त टिचर मनै पर्दैन!” अलि अलि मुख बिगारेर भनिन् उनिले।
सङ्गैको साथीले सहमती जनाइन्, “ह्याआआ!! खँडुस हुन्छन् तिनिहरु”।
सुरुप्प पारेर निल्न खोजेको चिया गाह्रो पर्यो निल्न। पुलुक्क हेरेर टाउको घुमाएँ। कता कता ननिको लाग्यो। आफुले पनि जिवनमा पहिलोचोटी दुइ चार रुपैयाँ कमाउन सिकेको र जिवनको हरेक पाटोहरुमा सँघर्ष गर्न सिकेको पेशा हो यो। यसरी टिचरहरु खँडुस हुन्छन् भनेको सुनेपछी चसक्क भयो मन्। किन हुन्छन् त टिचर खँडुस? एउटा रिसर्चरको नाताले आज यो प्रश्नको जवाफ पाउने निर्णय गर्दै थोरै उठेँ आफ्नो चियर बाट। दुइ जना मात्र जवान केटीहरु भएको टेबल तिर सर्दै सोधेँ,
“टिचर किन खँडुस हुन्छन् बैनी?”
झसङ्ग हुँदै उनिले भनिन् “हैन, त्यसै भन्देको”।
केही बेर नजिक हुने बहानामा मैले आफुलाइ पनि टिचर मन नपर्ने कुरा बताएँ।
“कस्तो कुरा मिलेको हाम्रो, मलाइ पनि टिचर पहिलेदेखिनै मन पर्दैन थियो”।
“मलाइ चाहिँ सानुमा धेरै पिटेको भएर टिचर देखेकी रिस उठ्छ भन्या” अझै सहज बनाएँ माहोल ।
यती भनुन्जेल मैले राम्ररी नियालेँ उनिहरुलाइ। करिब २१-२२ बर्षका हुँदाहुन् दुबै।
“अनी कहाँ पढ्नु हुन्छनी?”
“हामी बि बि ए पढ्छौ …… कलेजमा, अनी तपाईँ नि?”
बल्ल अलि अलि सहज भयो कुरा गर्न।
“मैलेत पढाइ धेरै पहिले छोडेको, अहिले बिदेश बाट फर्केको”।
खासै इन्ट्रेस्ट देखाएनन उनिहरुले कुरा गर्न।
फेरी थपेँ “छुट्टीमा आएको,फेरी जान्छु”।
“कुन देशमा हुनुहुन्छ?”
“म US मा हो (वास्तिबिकता जान्न पनि झुट बोल्दै भने)”,
दुबै एकअर्काका मुख हेर्न थाले।
US भन्ने बित्तिकै ठिटिहरुको अनुहारमा १८० डिग्रीको परिवर्तन देखियो ।
ए!भन्दै एउटीले सुरु गरी,
“हैन, हामिले आफ्नै कुरा गर्दै थियौँ, कुन प्रोफेसनको मान्छे मनपर्छ भन्नेकुरा उठेको भएर”। अब मपनि खुलेर प्रश्न गर्न थालेँ,
“अनि बैनीलाइ चैँ किन मन पर्दैन टिचर?”,
“आजकल का टिचर टिचर जस्तै छैनन्, आजकलको टिचरहरु स्टुडेन्टको फिलिङ्ग्स बुझ्दैनन्”, निर्धक्क जवाफ दिइन् उनीले।
“भन्नाले कस्तो कुरा?” अलि कन्फिउज भए जस्तोगरी सोधेँमैले।
“सबै आफैँ ठुलो हुँ जस्तो गर्छन्, एउटा टिचर आउँछ, अर्को लाइ उडाउँछ, आफु जस्तो ठुलो कोही छैन जस्तो गर्छ”.
बिचैमा अर्कोले थपी “उनीहरुले जेभन्यो त्यही हुनुपर्ने, हाम्रा कुराचैँ केही हैन रे, उनिहरुले जेभने त्यही बिलिभ गर्नुपर्ने”।
“कोही कोही त आफुलाइ सुपरम्यान जस्तै गर्छन्”।
“हो है? मलाइचैँ बढी कुटेरै हैरान पारे” कुरा लम्याउन सहमती जनाएँ मैले।
“हामिले कोइसन सोध्दा उनिहरुलाइ आएन भने के वाइयात कोइसन सोधेको भनेर थर्काउँछन्, हामिलाइ सोध्दा आएन भने क्लासमा बिल्ला हान्दिन्छन्” । त्यस्तो पनि हुन्छ र? अल्ली आश्चर्य मानेजस्तो गर्दै सोधेँ मैले।
“हुन्छनी, असाइनमेन्ट दिन्छ अनि एति दिनमा लेउ भन्छ, बुझायो अनि टाइम छउन्जेल बिजीछु पछी हेर्छु भन्छ, अनि पछीचैँ टाइममा नदिएको भन्छ, उनिहरुलाइ मनपरेको मान्छे छ भने खुब खुसी भएर कती राम्रो! भन्छ हैन, अनि अरुलाइचैँ यो भएन र त्यो भएन भनेर थर्काउँछ, त्यही भएर मलाइ चै यो टिचरहरु सबै खडुस लाग्छ”।
चिकेन मोमोको डल्लो मुखमाहाल्दै हतारमा निलेर पहिलेकीले थपिन् “स्कुलमा जस्तै गर्छन् यार्! पुरै बच्चालाइ जस्तो थर्काउने, त्यो सरले येसो भन्नु भाछ भन्यो भने “तेल्ले भनेको मान्ने कि मैले” भनेर थर्काउँछन्, लास्टै ल्याङ्ग गर्ने कोही कोही त”।
साह्रै पीडाभयो मलाइ। अब एक शब्द सुन्ने आँट थिएन म मा। कतै आफुलेपनि यस्तै पो गरेछुकी जस्तो लाग्न थाल्यो। लागिरहेकोथियोकि त्यो टिचर मनै हुँ, उनिहरु मलाइनै भनी रहेका छन्।
“अनी हजुरको परिचय पनि दिनु भएन” एउटिले सोधेपछी झसङ्ग भएँ म ।
“धन्यवाद! बहिनी, एति धेरै कुरा शेयर गर्नुभएकोमा, धेरैकुरा सिक्ने मौकापाएँ मैले, नेपालपत्र डट कम भन्ने अनलाइन पत्रीकामा भोली मेरो एउटा लेख आउँछ, एकचोटी त्यो हेर्नु मेरो सबै परिचय थाहापाउनुहुन्छ”,
“तर सबै त्यस्तै हुन्छन् भन्नखोजेको चैँ होइन, यो हाम्रो पर्सनल फिलिङ्ग्स हो” लास्टमा एति भन्न भ्याईन् एउटीले, तर त्योभन्दा अघीनै मेरो आवाज बन्द भैसकेको थियो ।
धन्यवाद भन्दै गह्रुङ्गो मन लिएर बाहिर निस्कँदा गाडिका टायरहरुले सडकका खाल्डामा जमेका पानी पैदलयात्रीहरुलाइ छ्याप्दै थिए ।