१२ असार २०८१, बुधबार

किन आउँछ फ्रस्टेसन पुरुषहरुमा


frustration

प्राय जस्तो हरेक मानिसहरुमा कुनै पृथक खालको अदृस्य ब्याबहार लुकेको हुन्छ । सामान्य मानिसले देख्न र बुझ्न सकिने खालको ब्याबहार र सबै मानिसलाइ सामान्य लाग्ने ब्याबहार प्राय सामान्य अबस्ठामा देखिने गर्छन । सामान्य ब्याबहार सबैलाइ मान्य हुन्छ भने असामान्य ब्याबहार सबैलाइ मान्य हुदैन । 

केही अदृस्य र असामान्य ब्याबहार भने अलि फरक तरिकाले देखाउने गर्छन मानिसहरु । जसलाइ तेती सजिलै बुझ्न सकिन्न । त्यस्ता किसिमको फरक ब्याबहार र फरक प्रकृतीको अध्ययनलाइ असामान्य मनोबिज्ञान भन्दछ । असामान्य मनोबिज्ञान बुझ्न नसकनाले कहिले काहिँ हामी आफ्नै साथीलाई त्याग्नु पर्ने, आफन्त संग टाढिनु पर्ने तथा श्रीमती तथा प्रेमिका सङ्ग छुटिनु पर्ने जस्ता समस्याहरु आउँछन । कती मानिसहरुलाइ त आफु भित्रैको आफ्नै असामान्य ब्याबहार आफैलाइ थाहा हुदैन । बिशेष गरी यस्ता ब्याबहारहरु सामान्य मानिसले पनि बिशेष परिस्थितीमा देखाउने गर्छन । यस्ता असामान्य ब्याबहारहरु कुन मान्छेले कती खेर देखाउँछ भन्ने सह्जै अनुमान लगाउन सकिन्न । पुरुषहरुमा येस्तो किसिमको ब्याबहार कमै मात्र अनुमान गर्न सकिन्छ । महिलाहरुमा भने येस्ता ब्याबहार सजिलै छुट्याउन सकिन्छ । त्यसैले महिलाहरुमाथी पुरुष को बिशेष निग्रानी हुन्छ तर पुरुषहरुको यस्तो लक्ष्यण सहजै पत्ता लगाउन नसकिने हुँदा पुरुष हरु महिलाको नियन्त्रण भन्दा बहिर हुन्छन ।

महिलाहरु आफ्ना कुरा अरुलाइ शेयर गर्छन तर पुरुषहरुको प्रायजसो कुराहरु गोप्य नै रहन्छ ।

पुरुषहरु त्यस्ता कुराहरु कि त रक्सी खाएर मातेको बेला वा सपनामा अचेतन अवस्थामा प्रबेश गरेको बेला मात्र बोल्ने गर्दछन ।

फ्रस्टेसन के हो ?
जिवनमा कुनै पनि कार्य गर्ने इच्छा शक्तिमा कमी आउनु र जिन्दगी देखी बिरक्त र पराजित मानसिक्ता पैदा हुनु लाइ फ्रस्टेसन भनिन्छ। यस्तो अबस्थामा कुनै पनि काम गर्ने इच्छा हुदैन र आत्मबिश्वाष पलाउँदैन । मानिस प्यासिभ देखिन्छ र बिस्तारै असामाजिक हुँदै जान्छ ।

कस्ता पुरुषहरुमा आउँछ फ्रस्टेसन ?

  1. जसले आफ्नो सोचाइको स्तरलाई कन्ट्रोल गर्न सक्दैन ।
  2. जस्को सोचाइ निरन्तर बदली रहन्छ ।
  3. जसको चाहना अनियन्तृत हुन्छ ।
  4. जो साथीहरु सङ्ग आफ्ना कुरा शेयर गर्दैनन ।
  5. आफुलाइ परिस्थिती अनुशार बदल्न नसक्नेहरु
  6. आफुमा इगो हुने तर सुपर इगो नहुनेहरु ।
  7. मनमा कुरा खेलाउने तर बाहिर नल्याउनेहरु ।
  8. आफ्ना कुरा मासमा स्पस्त्ठ राख्न नसक्नेहरु ।
  9. शिर झुकाएर बोल्नेहरु ।
  10. गल्ती रियलाइज नगर्नेहरु ।
  11. अरुको कुरा एसेप्ट गर्न नसक्ने र आफ्नै कुरा माथी पार्न खोज्नेहरु ।
  12. महत्वाकांक्षा बढी राख्नेहरु

त्यस्तै गरी,

  1. जो साथीहरु सङ्ग प्रतिस्पर्धात्मक ब्याबहार गर्छन ।
  2. जो सँधैभरी आफ्नै कुरा माथी पार्न खोज्छन
  3. अरु भन्दा आफु निकै जान्ने छु भन्ने गर्छन्
  4. हरेक चिजहरु स्टान्डर्ड चाहिन्छ भन्नेहरु
  5. पुस्तक कम पढ्ने र कम चिन्तन गर्नेहरु
  6. एक्लै बस्न र हिड्न मन पराउँनेहरु
  7. शारिरिक ब्यायाम नगर्नेहरु
  8. ध्यान तथा योग नगर्नेहरु
  9. आस्था रहित नास्तिकहरु
  10. बढी झुट बोल्नेहरु, जो बिना कारण डराउँछ ।
  11. अनावस्यक सङ्का गर्नेहरु

यि माथीका सबै ब्याबहारहरु मध्ये कुनै एक बानी तपाइमा पनि हुन सक्छ। आफुलाइ थाहा नभईकन नै भित्र भित्रै मानिसहरु बिचलित भइरहेका हुन्छन । बिना कारण केबल सङ्काका भरमा बिचलित हुनुलाइ “अदृश्य बिचलन ” भन्दछ । अदृस्य बिचलन महिलाको तुलनामा पुरुषहरुमा धेरैनै हुने गर्दछ। यसरी पुरुसहरुमा पछिल्लो समयमा देखियेको फ्रस्टेसन र सुसाइड जस्ता समस्याको प्रमुख कारण अदृस्य बिचलन हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !