१४ फाल्गुन २०८०, सोमबार

बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम


बढ्यो नयाँ स्वरुपका प्रकोपको जोखिम

काठमाडौँ । यस वर्षको मनसुनको शुरुआती चरण असार २ गते राति ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा भारी वर्षाका कारण पहिरो जाँदा दुई जनाले ज्यान गुमाए भने ७५ परिवार विस्थापित भए । त्यस दिनको वर्षा सम्झँदै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भने, “जिल्लाको धेरै स्थानमा पानी परे पनि सो क्षेत्रमा बढी वर्षा केन्द्रिकृत हुँदा ठूलो क्षति गरायो ।”

अहिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबाट घर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया शुरु भएको र नजिकैको खुला ठाउँमा एकीकृत वस्ती निर्माण गर्ने योजना रहेकोे उनले सुनाए । केही दिनअघि गोरखाको आरुघाट गाउँपालिका-१ श्यामचेतमा पनि त्यसै गरी भारी वर्षा हुँदा त्यहाँका ३० घरपरिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य दुई घर विस्थापित नै भएका र अन्य घर उच्च जोखिमा रहेको बताए । वस्ती स्थानान्तरण गर्ने हो वा अन्य वैकल्पिक व्यवस्था गर्ने भनेर भौगर्भिक अध्ययनको प्रक्रिया थालिएको प्रजिअ आचार्य सुनाए । गोरखामा त्यसरी वर्षा हुँदा आसपासका जिल्लामा राम्ररी पानी परेको थिएन ।

काठमाडौँ उपत्यकामा पनि समानरुपले वर्षा भएको पाइँदैन । बानेश्वरमा दर्केझरी पर्दा निथ्रुक्क रुझेका यात्रु सुन्धारा पुग्दा टन्टलापुर घाममा सेकिनुपर्ने अवस्था हुन्छ । उपत्यकाको कोटेश्वर क्षेत्रमा पानी पर्दा बानेश्वरमा घाम लागिरहेको पाइन्छ ।

कुपण्डोलमा पानी पर्दा माइतीघर, सुन्धारामा टहटह घाम लागिरहेको छ । क्षणिक वर्षाको क्रम यो वर्ष दोहोरिदै, कतै एउटै जिल्लामा पनि कतै पानी पर्ने कतै नपर्ने खण्डिकृत अवस्था देखिन्छ । यो क्रमा विगतमा थोरै मात्रामा हुने गरेको थियो तर अहिले बढ्दो क्रममा रहेको महसुस गर्न ससिन्छ ।

काठमाडौँकी शान्ति महर्जन भन्छिन्, “चन्द्रागिरि आसपास बिहान टन्टलापुर घाम लागेकाले छाता नबोकी आइयो, सुन्धारामा बसबाट झर्दा वर्षाले रुझियो, कहिले यताबाट जाँदा उस्तै हुन्छ ।” उनले फरक खालको वर्षा भएको आफूले पनि महसुस गरेको बताइन् । यस्तै महसुस मुलुकका नागरिकले यसपालि गरेका छन् ।

जलवायु परिवर्तनलगायत विभिन्न कारणले पनि वर्षा हुने स्वरुपमा समेत परिवर्तन भएको हुँदा नयाँनयाँ घटनाहरु देखिन थालेको छ । गत वर्ष कात्तिकमा भीषण वर्षा हुँदा ठूला जनधनको क्षति भयो भने मेलम्ची र हेलम्बुमा आँकलन भन्दा फरक प्रकृतिको घटनाले अकल्पनीय रुपमा तहसनहस बनायो । एकै ठाउँमा पानी घोप्टिएर निम्तिने प्रकोप पनि बढ्दो छ । यस्ता फरक प्रकृतिका घटनाहरु दोहोरिन थालेको विज्ञहरुको भनाइ छ ।

बरिष्ठ मौसमविद् रामप्रसाद अवस्थी अवका दिनमा मौसमजन्य घटना दोहोरिने सम्भावना बढी रहेको बताए । उनका अनुसार मनसुनजन्य विपद्का स्वरुपमा परिवर्तन आई नयाँ प्रकृतिका घटना र छोटो समयमा विपद्जन्य घटना दोहोरिन सक्ने सम्भावना समेत बढेकाले पनि जोखिम थपिएको हो ।

नेपालमा वर्षेनी हुने धनजनको क्षतिमध्ये करिब ८२ प्रतिशत बढी जलमौसमजन्य प्रकोपका कारण हुने गरेको तथ्यले देखाएको छ । यसले पनि वर्षाबाट हुने जोखिम कति छ भनेर स्पष्ट हुन्छ ।

जल तथा मौसम विज्ञान विभागले यसवर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । सोही पूर्वानुमानकै क्रममा विभागले पूर्वी भेगका तुलनामा पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । मनसुन गहिरिदै जाँदा आजसम्मको अवस्था हेर्दा पूर्वी भेगका सबै स्थानमा समानरुपले सरदरभन्दा बढी वर्षा हुन सकेन् । त्यसको कारण नेपालमा परेको खण्डित वर्षा मुख्य हो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बादल आकाशमा डम्म देखिए पनि वर्षा भने खण्डित रुपमा हुने गरेको सुनाउँछन् । गत केही वर्षको अध्ययन गर्दा सीमित भूभागमा हाँडी घोप्टिए जसरी अधिक वर्षा भएको थियो । यो वर्ष त्यस्तो नभए पनि विभिन्न जिल्लाका सीमित क्षेत्रमा खण्ड-खण्ड भएर ह्वारर् पानी परिरहेको छ । असारमासमा विगतका इतिहासमा लगातार झरी पथ्र्यो । विभागका जलवायु विश्लेषक डा. इन्दिरा कँडेल जनसुनजन्य घटनाका प्रवृत्ति केही फरक देखिएको बताइन् ।

मनसुन यसपटक एक हप्ता छिटो जेठ २२ मा भित्रियो । पूर्वबाट पश्चिम छिटो सरेन । मनसुन निक्किै ढिलो पश्चिम नेपाल पुगेकाले पनि पनि अलि बढी सुख्खा भएको अनुमान गरिएको छ । तर एक वर्ष बढी पानी पर्दा अर्को वर्ष केही सुख्खा हुने क्रम विगतमा पनि थियो ।

विभागको जलवायु विश्लेषण शाखाले यस वर्षको मनसुन यामको पहिलो महिना जुन अर्थात जेठ-असारमा गरेको विश्लेषणअनुसार खण्डीकृत वर्षा भएको देखाउँछ । त्यो वर्षा हुँदा मनसुनको प्रारुपअनुसार निरन्तरको वर्षा भने भएको थिएन । साना क्षेत्रमा धेरै वर्षा हुने अनि रोकिने, फेरि वर्षा हुने प्रवृत्ति बढ्दो छ ।

प्रारम्भिक विश्लेषणबाट प्राप्त विवरण (मनसुन शुरु भएपछि असार ३ सम्म) ले प्रदेश २ का केही पूर्वी भागबाहेकका क्षेत्र, बाग्मती, प्रदेश, प्रदेश नं १ र गण्डकी प्रदेशको पूर्वी भागमा सरदर र सरदरभन्दा बढी वर्षा छ ।

प्रदेश २ को पश्चिम, गण्डकीको पश्चिमी जिल्ला लुम्बिनी, कणर्ाली र सुदुरपश्चिमका भूभागमा सरदरभन्दा कम भएको छ । तर यसैलाई आधार मानेर विगतमा गरिएको आँकलन मिल्यो वा मिलेन भनेर यकिन भन्न नसकिने कँडेल बताइन् ।

नेपालमा मनसुन अवधिको औसतको मात्रै अनुमान गरिएको हो । विश्व मौसम सङ्गठनका केही मोडलले जुलाईमा केही कम वर्षा हुन्छ भन्ने देखाएको थियो । मनसुन बीचको अध्ययन गर्न सक्ने अवस्था नेपालमा नभएकाले पनि विभागले औसत मात्रै जानकारी गराएको थियो ।

विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटा पनि केन्द्रिकृत पानी बढेको स्वीकार गरे । उनका अनुसार मनसुको शुरुमा पानी राम्रै पर्‍यो तर बीचमा केही कम भयो । उनले भने, “मुसलधारे वर्षा हुने, लामो समयसम्म नहुने अवस्था रहेको छ, यो मौसम परिवर्तन कै कारण हो कि भन्ने लागेको छ ।” यस किसिमका वर्षाले सीमित ठाउँमा क्षति पुर्‍याउँछ र जोखिम निम्त्याउँछ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार खण्ड-खण्ड गरेर आकाशबाट पानी झरिरहेको छ । उनले भने, “खण्डिकृत वर्षाले हाँडीघोप्टे रुप लियो भने ठूलो विपद् आउने सम्भावना हुन्छ, त्यसैले यस्तो अवस्थामा झन् सचेत हुनु जरुरी छ ।” उनका अनुसार अस्तिको हप्ता एक थोपा पनि पानी परेन तर त्यही बेला एउटै मौसम प्रणालीले भारतको मध्यप्रदेशमा ठूलो पानी परेको थियो ।

यस वर्षको वर्षा भएकामध्ये अहिलेसम्म ताप्लेजुङमा गएको पहिरोको ठूलो घटना भएको छ । गोरखाको आरुघाटको माथिलो क्षेत्रमा ठूलो क्षति हुने गरी वर्षा भयो । अन्य केही क्षेत्रमा सानातिना घटनाहरु भए पनि अहिलेसम्म ठूलो विपत्ति निम्तिएको छैन । पोखरेल कतिपय ठाउँमा रोपाईँका लागि पनि पर्याप्त पानी नपुगेको सुनाए । धान रोप्ने बेलामा र फुल्ने बेलामा पानी भएन भने खडेरीले समस्या पार्छ । मनसुनको बीचमा यस्तो हुनु भनेको राम्रो सङ्केत होइन ।

जलवायु परिवर्तनविज्ञ डा. ङमिन्द्र दाहालका अनुसार मनसुन अवधिभरिमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएकाले जुनुसुकै बेला आइदिन सक्ने अनुमान गरे । “अहिले नै पानी परेन भनेर भन्न हुँदैन, मनसुनको अन्तिम दिन वा भोलिपल्ट पनि परिदिन सक्छ, उनले भने, कुनैकुनै सीमित ठाउँमा गाग्राले खन्याएको जस्तो पानी परिरहेको छ, त्यो चाहिँ ठूलो समस्या हो ।”

अहिले दैनिक वर्षाको नयाँनयाँ ग्राफ देखिएको छ । त्यसले सिमित क्षेत्रमा ह्वात्त पानी परेको देखाएको छ, त्यो चाहिँ अहिलेको जटिलता भएको उनको भनाइ छ । नयाँ जलवायु परिवर्तनको आँकडाका लागि त्यो सामान्य कुरा हो । उनी यसको न्यूनीकरण गर्न नसकिने भएकाले मानिस आफैँ अनुकूलित हुनुपर्ने वा पूर्वतयारीमा अझै %


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु