नेपालमा फुड सप्लिमेन्टको बढ्दो प्रयोगबारे एक जानकारी Nepalpatra नेपालमा फुड सप्लिमेन्टको बढ्दो प्रयोगबारे एक जानकारी
११ आश्विन २०७९, मंगलबार

नेपालमा फुड सप्लिमेन्टको बढ्दो प्रयोगबारे एक जानकारी


फुड सप्लिमेन्ट

नवलपुर । आज हामीले सबैभन्दा पहिले यो बुझ्न आवश्यक छ । हरेक मानिसलाई पौष्टिक आहार आवश्यक छ । आजकाल हरेक ठुला अस्पतालबाट फुड्स सप्लिमेन्ट मानिसलाई अधिक दिने गरेको पाइन्छ । फुड्स सप्लिमेन्ट हामीले खाने खानामा प्रयाप्त भिटामिन नहुनाले स्वस्थ शरीर प्राप्तिका लागि फुड्स सप्लिमेन्ट दिने गरेको हुन सक्छ । चाहे जेहोस् यसले फाइदा गर्ने नगर्ने कुरा यसमा समाबेश गरेको पदार्थलाई चेक जाँच गर्दा बल्ल थाहा हुन सक्छ ।

खानाबाट मात्रै आवश्यक पोषकतत्व नपुगेपछि शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरल अतिरिक्त सेवन गर्ने नेपालीहरूको संख्या बढ्दै गएको पाइएको छ । फुड सप्लिमेन्टको रुपमा विश्वभर प्रयोग हुने प्रोटिन, भिटामिन, क्याल्सियम, कार्बोनेट लगायतका पदार्थको खपत नेपालमा बढ्दै गएको देखिन्छ । यस्ता खाद्य बस्तु प्रायः हस्पिटलबाट बढि प्रयोग हुने गरेको देखिएको छ ।

यस्ता बस्तुको साइडइफेक्ट पनि नहुने हुनाले यसको प्रयोग बढेको हुन सक्ने केहिको मत छ । हामीले खाने खानामा कम तथा विभिन्न शारीरिक अभ्यासका कारण शरीरलाई नपुग्ने अतिरिक्त खाद्य पदार्थको प्रयोग पहिलेको तुलनामा अहिले बढी प्रयोग हुने गरेको पाइएको छ । नेपालमा आयात हुने यस्ता उत्पादनहरू दर्ता भएको र खाद्य विज्ञ तथा चिकित्सकको सिफारिसमा नेपालमा यस्ता पदार्थहरू बिक्री-वितरण हुँदै आएको छ ।

औषधिजस्तै संरचनामा झोल, पाउडर टेबलेट, क्याप्सुल जस्ता आकारमा फुड सप्लिमेन्ट बजारमा बिक्री गरेको देख्न सकिन्छ । एउटा अचम्मको कुरा के छ भने यस्ता सप्लिमेन्टको पसल खोलेर रोगको उपचार सप्लिमेन्टबाट गर्दा ठिक भएको सुन्दा हामीलाई अचम्म लाग्यो । यो यदि औषधि नै होइन भने विरामी कसरी निको भए । यस विषयमा अध्ययन गर्न आवस्यक छ। फुड्स सप्लिमेन्ट महंगो हुनाले सामान्य नागरिकले सेवन गर्न नसक्ने समस्या देखिएको छ ।

यस्ता सप्लिमेन्ट सेवन गर्दा मुख बार्नु नपर्ने फुड्स सप्लिमेन्ट रोगको अवस्था अनुसार चलाएर हेर्दा रोगमा राम्रो फाइदा हुनुको पछि पौष्टिक खानाको अभाव हो वा रोगको टक्सिन हटाएर स्वास्थ्य लाभ भएको हो बुझ्न गारो भएको छ । अहिले नेपाली बजारमा महबाट बनाएका पौष्टिक आहारहरू, नेपाली जडिबुटीबाट बनेका खाद्य पदार्थहरू फुड्स सप्लिमेन्टको रूपमा देखिएको छ । यस्ता सप्लिमेन्टबाट उपचार गराउदा कुनै पनि एण्टिबायोटिक औषधि सेवन गर्न नपर्ने जस्ता कुरा सुन्दा अचम्म लागेर आएको छ । यस्ता सप्लिमेन्ट सवै जडिबुटीबाट बनेको देखिन्छ ।

यस्ता सप्लिमेन्टको प्रयोग ले रगतमा अक्सिजन पुराउने, शरिरका रक्त कोषिकालाई बलियो बनाउदै जाने छाला सम्बन्धित रोगहरू निको हुने जस्ता रिजल्ट सुन्दा आश्चर्य हामीलाई लागेको छ । वैदिक कालदेखि प्रयोग हुँदै आएको गुर्जो निकै महत्वपूर्ण जडिबुटी हो । कम्पनीले गुर्जोको ड्रिंक्स बनाएर बजारमा ल्याएको रहेछ । यसको प्रयोगले रोगप्रतिरोधक क्षमता बृद्धि गराउनुको साथै शरीरमा एण्टिबडि र नेचुरल सेलमा वृद्धि गरी रोग प्रतिरोधात्मक शक्ति बढ्ने कुरा उल्लेख गरेको पाइन्छ ।

अब हामीले फुड्स सप्लिमेन्टको विषयमा गहन अध्ययन गर्न जरुरी भएको छ । आज जडिबुटीबाट बनेका खाद्यान्नको प्रयोग हरेक विरामीको उपचार गर्न सकिने भए अन्य औषधी नै आवश्यक नहुने सप्लिमेन्टको प्रयोग कर्ताको छ । चाहे जेहोस् यस्ता सप्लिमेन्टले शरीरमा रोगको पुन: आक्रमणलाई समेत निस्तेज गरी नयाँ रगत बनाइ रोग प्रतिरोधक क्षमतामा समेत वृद्धि हुने कुरा नकार्न सकिदैन । प्रकृतिको उपहारलाई हामीले मानव सेवामा लगाउनु पर्दछ ।

अहिले बजारमा पाइने फुड्स सप्लिमेन्ट भने जापान, अष्ट्रेलीया, जर्मन, कोरिया, थाइल्याण्ड, कतार, भेतनाम, बङगलादेश, चीन, स्पेन, भारत, मलेसिया, ताइवान जस्ता अनेकौं देशबाट आयात गरेको पाइएको छ । यस्ता विदेशबाट आयका फुड्स सप्लिमेन्टमा भने रोक लगाएर स्वदेशी उत्पादनमा बिषेश जोड दिन आवश्यक छ । सप्लिमेन्ट फुड प्रयोजनका लागि डाक्टरको सल्लाह चाहिदैन । यो जोसुकैले आफ्नो इच्छा अनुसार आवश्यक परे किनेर सहजै खान सक्छन् भनिएको रहेछ ।

अर्को रोचक जानकारी यस्ता सप्लिमेन्टको बट्टामा यो औषधि होइन भन्ने कुरा अंकित गरेको पाइन्छ । केही वर्षअघि सप्लिमेन्ट्री फुड विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद समेत चर्किएको थियो । सप्लिमेन्ट्री फुडको बिक्री वितरणबारे यी दुई विभागबीच विवाद उत्पन्न भएको थियो । उक्त विवाद अहिले भने सुल्झिसकेको बताइएको छ ।

अहिले नेपालमा पनि केहीमात्रामा सप्लिमेन्ट फुडको उत्पादन हुने गरेको पाइएको छ । यस्ता सप्लिमेन्टको उत्पादन गर्नेहरु नेपालमा सीमित देखिएका छन् । सरकारले नागरिकको मागलाई ध्यानमा राखेर यस्ता उत्पादन नेपालमै बढाउन सके यसले रोजगारमा समेत ठूलो मद्दत गर्ने केहीको मत छ ।सप्लिमेन्टलाई औषधि नभई खाद्यान्न भनेतापनि सेवन कर्ता भने यसलाई औषधिको रूपमा हेर्ने गरेको एक अध्ययनले देखाएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !